आन्दोलनका क्रममा भएका क्षतिको कूल बीमा दाबी रकम करिव २३ अर्ब २२ करोड

Sagarmatha Post
Sagarmatha Post २३ आश्विन २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौं। हालैका आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम बुधबारसम्म करिब रू. २३ अर्ब २२ करोड ८७ लाख पुगेको छ। विमा प्राधिकरणका अनुसार विभिन्न १४ निर्जीवन बीमा कम्पनी र चार लघु निर्जीवन बीमा कम्पनीमा परेका कुल ३ हजार ९९ वटा दाबीका लागि सो रकम माग गरिएको हो।ती दाबीमध्ये बुधबारसम्म करिब रू. १ अर्ब २९ करोड १९ लाख भुक्तानी गरिएको प्राधिकरणले जनाएको छ। यसमा अग्रिम भुक्तानी रकम पनि समावेश छ। क्षतिको विवरण संकलनका लागि निर्जीवन बीमा कम्पनीहरूले हालसम्म २ हजार ७०६ जना सर्भेयर खटाएका छन्। तीमध्ये ३७४ वटा सर्भे प्रतिवेदन तयारी भई कम्पनीहरूमा पेश भइसकेका छन्। प्राधिकरणका अनुसार बाँकी दाबीको सर्भे र मूल्याङ्कन प्रक्रिया जारी छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्