प्रतिनिधि सभा पुनर्स्थापित गरेर देशलाई निकास दिने बाटोमा जानुपर्ने : केपी शर्मा ओली

Sagarmatha Post
Sagarmatha Post २३ आश्विन २०८२, बिहीबार
2 Min Read
Aa

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा पुनर्स्थापित गरेर देशलाई निकास दिने बाटोमा जानुपर्ने बताएका छन् । एमाले भक्तपुरको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले संसद पुनर्स्थापना गरेर जाने मात्र सहि विकल्प भएको र यसमा नेपाली कांग्रेस र एमाले यसै अनुसार अगाडी बढ्ने विश्वास व्यक्त गरेका छन् । उनले आफूसँग छलफल हुदा संबिधान नमास्ने र संसद विघटन नगर्ने भन्ने सहमति भएको तर पछि संबिधान मिचेर सरकार बनाइएको र संसद विघटन गरिएको आरोप लगाए ।

ओलीले आफुले सामाजिक सञ्जाल कम्पनिले नेपालको नियम अनुसार कर तिर्नुपर्ने अडान लिएको बताउदै देशमा साग बेच्नेले कर तिर्नुपर्ने तर सामाजिक सञ्जाल चलाएर कमाउनेले तिर्नुनपर्ने भन्दै प्रश्न गरेका छन् ।ओलीले अहिलेका गृहमन्त्रीले कारवाही नगरेपनि देशलाई ध्वस्त बनाउने अपराध क्षम्य नहुने बताएका छन् । ओलीले अराजकता देशमा स्थायी हुन नसक्ने बताउदै कानुनी राजमा देशलाई फर्काउने बताउदै जेनजीको उद्धेश्य देशमा शान्ति र सुव्यवस्था कायम गर्ने भन्ने रहेको बताए । ओलीले अहिलेका मन्त्रीहरु आफ्नो सम्पत्ति छानबिन गर्न तयार छन् भन्ने प्रश्न गर्दै आफ्नो सम्पत्ति छानबिन गर्न चुनौती दिएका छन् ।

ओलीले जेनजी आन्दोलनपछि विदेश जाने नेपालीलाई भिसा नदिने भन्न थालिएको, होटल जलाइएको छ र विदेशी पर्यटकको अवस्था के होला ? भन्दै नेपाललाई अस्थिरता बनाउन यस्तो गरिएको आरोप लगाए । ओलीले नेपालका र विदेशका पैसाले आन्दोलन गरिएको दाबि गर्दै समयक्रममा यो विषय खुल्दै जाने बताए । उनले सरकार संबिधान सम्मत नबनेको भन्दै सरकार लोकतान्त्रिक समेत नभएको बताए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्