मन्त्रिपरिषद्को निर्णय : मन्त्रीहरु स्वीजरल्याण्ड र पेरुतिर जाने, एक सय मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋणबारे वार्ता गर्ने

Sagarmatha Post
Sagarmatha Post २४ आश्विन २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं, सरकारले एसियाली विकास बैंकबाट एक सय मिलियन अमेरिकी डलर बजेटरी सहायताको रुपमा सहुलियतपूर्ण ऋण सहायता प्राप्त गर्नेसम्बन्धमा वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । हिजो (असोज २३ गते) बसेको मन्त्रिपरिषद्को बैठकले ऋण सहायता प्राप्त गर्ने सम्बन्धमा वार्ता गर्न वार्टा टोली बनाउनेसहित विभिन्न २० वटा निर्णय गरेको हो ।

त्यस्तै, सरकारले कात्तिक ३ देखि ५ गतेसम्म स्वीजरल्याण्डको जेनेभामा आयोजना हुने कार्यक्रममा सहभागी हुन उद्योग, बाणिज्य तथा आपूर्तिमन्त्रीलाई स्वीकृति प्रदान गरेको छ । पेरुको लिमामा मंसिर १० र ११ गते आयोजना हुने कार्यक्रममा सहभागी हुन कृषि तथा पशुपंक्षी विकास मन्त्री डा.मदन परियारलाई स्वीकृति प्रदान गरिएको छ ।त्यसैगरी, नेपाल विद्युत प्राधिकरणको स्रोत व्यवस्थापन गर्न २० अर्ब रुपैयाँ बराबरको ऋण पत्र/ऊर्जा बण्ड चरणवद्धरुपमा निष्काशन गर्न स्वीकृति प्रदान गरिएको छ । त्यस्तै, तीन महिना अवधिका लागि इलाम जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा पनि गरिएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्