कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने

Sagarmatha Post
Sagarmatha Post २७ आश्विन २०८२, सोमबार
1 Min Read
Aa

महोत्तरी । जेनजीको आन्दोलनको मौका छोपी गत भदौ २४ गते महोत्तरी जिल्लाको जलेश्वर कारागारबाट भागेका कैदीबन्दीलाई लुकाउने वा आश्रय दिने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरिने भएको छ । कारागार कार्यालय जलेश्वरले एक सूचना जारी गर्दै सो कारागारबाट भागेका सबै ५७६ कैदीबन्दीलाई यही असोज २० गतेसम्म फर्कि आउन अनुरोध गरेकामा नौ भारतीयसहित २८१ जना फर्केर आइसकेका तथा अझै २९५ कैदीबन्दी आउन बाँकी रहेको जनाएको छ । कारागारका जेलर अशोक क्षेत्रीले तोकिएको अवधिभित्र फर्कि नआउने फरार कैदीबन्दी उपर कारागार ऐन २०७९ र नेपालको प्रचलित कानुन बमोजिम कारबाही हुने बताउनुभयो ।

कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी प्रचलित कानुन बमोजिम कारबाही कारागारद्वारा जारी सूचनामा उल्लेख छ । गत भदौ २४ गते राति जलेश्वर कारागारमा रहेका ४० भारतीयसहित ५७६ कैदीबन्दी फरार भएका थिए । जलेश्वर कारागारबाट भागेकामध्ये १३ कैदीबन्दीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा भारतीय प्रहरीले पक्राउ गरी पुनः कारागार फर्काउन मद्दत गरेका थिए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्