आगजनीपछि प्रभावित सर्वोच्च अदालत आजदेखि पुनः सक्रिय

Sagarmatha Post
Sagarmatha Post २८ आश्विन २०८२, मंगलवार
1 Min Read
Aa

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको सर्वोच्च अदालतमा आज (असोज २८ गते)देखि रिट निवेदन दर्ता हुने भएकाे छ । आजदेखि मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ अन्तर्गत पर्ने निवेदनहरू दर्ता र सुनुवाइ सुरु हुने सर्वोच्च अदालत प्रशासनले जनाएकाे छ ।

यसअघि, सर्वोच्च अदालतको फुलकोर्ट बैठक आइतबार बसेको थियो, जसले असोज २८ गतेदेखि नयाँ मुद्दा दर्ता सुरु गर्ने निर्णय गरेको थियाे। गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले सर्वोच्च अदालत भवनमा आगजनी भएकाे थियाे। त्यस घटनामा अदालतका धेरै मिसिल र पुराना कागजातहरू जलेर नष्ट भएका थिए। उक्त घटनापछि सर्वोच्च अदालतको नियमित सेवा प्रभावित भएको थियो। यद्यपि, बन्दी प्रत्यक्षीकरणजस्ता अत्यावश्यक मुद्दाहरूको सुनुवाइ अदालत परिसरमा टेन्ट टाँगेर सञ्चालन गरिएको थियो। सर्वोच्च अदालतले जारी गरेको सूचनामा नियमित सेवा पुनः सुरु नभएसम्म म्याद, हदम्याद र तारेख नगुज्रने व्यवस्था यथावत् रहने जनाएकाे छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्