नर्सहरूको समस्या तत्काल समाधान गर्न स्वास्थ्य मन्त्रालयलाई प्रधानमन्त्रीको निर्देशन

Sagarmatha Post
Sagarmatha Post ३० आश्विन २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा स्वास्थ्य मन्त्रीको जिम्मेवारी सम्हालिरहनुभएका कार्कीले आज स्वास्थ्य सचिव डा. विकास देवकोटालाई बोलाएर समस्या समाधानका लागि आवश्यक कदम चाल्न र प्रगतिबारे नियमित जानकारी दिन निर्देशन दिनुभएको हो।

उहाँले दक्ष जनशक्तिलाई न्यून पारिश्रमिकमा राख्नु अनुचित भएको उल्लेख गर्दै, समयमै समाधान नभए नर्सहरूको वैदेशिक पलायन हुने खतरा रहेको चेतावनी दिनुभयो।हाल कास्कीको मणिपाल र गण्डकी मेडिकल कलेजमा कार्यरत नर्सहरू पाँचौँ तह बराबरको पारिश्रमिक माग गर्दै आन्दोलनमा छन्।स्वास्थ्य मन्त्रालयले गत मङ्सिरमा सबै स्वास्थ्य संस्थामा कार्यरत नर्सहरूलाई ३४,७३० रुपैयाँ पारिश्रमिक दिनुपर्ने निर्णय गरेको थियो। तर उक्त निर्णय कार्यान्वयन नभएको भन्दै नर्सहरू आन्दोलित छन्। प्रधानमन्त्री कार्कीले न्यायोचित मागलाई बेवास्ता गर्न नहुने बताउँदै सबै पक्षलाई जिम्मेवार ढंगले समस्या समाधान गर्न आग्रह गर्नुभएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्