नारायणगढ- मुग्लिन सडकखण्डको तुईन खोला पुल नजिकै पहिरो जादा सडक अवरुद्ध भएको छ । अहिले ढुंगा झर्ने क्रम नरोकिएकाले पहिरो हटाउन नसकिएको र पहिरो खस्न रोकिएसँगै हटाउने कार्य शुरु हुने सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएका छन् । वर्षातको समयमा यस क्षेत्रमा पहिरोको उच्च जोखिम भएकाले सडकको अवस्था बुझेर मात्रै सुरक्षित यात्रा गर्न कार्यालयले आग्रह गरेको छ ।
तुईन खोला पुल नजिकै पहिरो जादा नारायणगढ- मुग्लिन सडकखण्ड अवरुद्ध


प्रतिक्रिया दिनुहोस्