सम्पर्कविहीन भएका दुई भारतीय नागरिक फेला

Sagarmatha Post
Sagarmatha Post २३ कार्तिक २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौं, कार्तिक ३ गतेदेखि सम्पर्कविहीन भएका दुई भारतीय नागरिक ५२ वर्षीय जिग्नेस कुमार लल्लु भाई पटेल र १७ वर्षिया प्रियन्सा कुमारी पटेलको शव सशस्त्र प्रहरीले फेला पारेको छ ।आइतबार दिउँसो करिब २ बजे मनाङको ङिस्याङ गाउँपालिका–४ स्थित ग्याल्सेन होटलबाट कार्तिक ३ गते सोही गाउँपालिका–५ स्थित मलेरिपा गुम्बा घुम्न जान्छु भनी हिँडेका उनीहरू सम्पर्कविहीन भएका थिए ।

उनीहरू सम्पर्कविहीन भएपछि उक्त होटलले खोजीकार्यको लागि सशस्त्र प्रहरी बल, नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङलाई जानकारी गराएको थियो ।डीएसपी शैलेन्द्र थापाका अनुसार सम्पर्कविहीन भएका उनीहरूको तालिम शिक्षालय मनाङले खोजी कार्य गरिरहेकोमा नभेटिएपछि पुनः कार्तिक २३ गते सशस्त्र प्रहरी नायव उपरीक्षक हिरा बहादुर जिसिको कमाण्डमा उद्धार सामाग्रीसहित खटिएको माउण्टेन रेस्क्यु तालिम प्राप्त टालीले शव उक्त गुम्बाबाट करिब सय मिटर माथि हिउँले पुरिएको अवस्थामा फेला पारेको हो ।अहिले शबलाइ घटनास्थलबाट तल झार्ने कार्य भइरहेको सह प्रवक्ता थापाले जानकारी दिए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्