एन्फा कम्प्लेक्स पुगेका खेलाडीको वार्ताको प्रत्यक्ष प्रसारण गर्न अडान, एन्फाले गर्यो अस्वीकार

Sagarmatha Post
Sagarmatha Post २४ कार्तिक २०८२, सोमबार
1 Min Read
Aa

अखिल नेपाल फुटबल संघ (एन्फा) र आन्दोलनरत खेलाडीबीचको वार्ता नहुने भएको छ । वार्ताका लागि एन्फा कम्प्लेक्स पुगेका खेलाडीले वार्ताको प्रत्यक्ष प्रसारण गर्न गरेको माग एन्फाले अस्वीकार गरेपछि खेलाडीसँगको वार्ता नहुने भएको हो ।खेलाडीहरुले वार्ताको प्रत्यक्ष प्रशारण नगरेमा वार्ता नगर्ने अडान लिएपछि एन्फाका पदाधिकारीले सो प्रस्ताव अस्वीकार गरेपछि आफुहरु वार्तामा नबसेको नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले जानकारी दिएका छन् ।

एन्फाले ए डिभिजन लिग यसैबर्ष गराउनुपर्ने माग गर्दै खेलाडी आन्दोलनमा उत्रिएका छन् ।अध्यक्ष लामाले सूचनाको हकअन्तर्गत आफुहरुले सबै सम्बन्धित पक्षले यसबारे जानकारी पाउनुपर्ने भन्दै वार्ताको प्रत्यक्ष प्रसारण गर्न माग गरेको बताएका छन् । उनले आफूहरुका आन्दोलनका कार्यक्रम लगातार गर्ने बताएका छन् । कात्तिक १७ मा एन्फा र ए डिभिजन क्लबहरुबीच भएको सहमति अनुसार २०८३ को पुसदेखि ए डिभिजन गर्ने निर्णय गरेपछि खेलाडी आन्दोलित भएका छन् । पछिल्लोपटक २०७९ मा आयोजित ‘ए’ डिभिजन लिगमा चर्च ब्वाइज युनाइटेड च्याम्पियन बनेको थियो। त्यसयता एन्फाले लिग गर्न सकेको छैन ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्