काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका सबै निकायहरूलाई चालु आर्थिक वर्ष २०८२/८३ का निर्धारित कार्यक्रमहरू उच्च प्राथमिकताका साथ अगाडि बढाउन र समयमै सम्पन्न गर्न निर्देशन दिनुभएको छ।प्रधानमन्त्रीले जेन्जी आन्दोलनको क्रममा सार्वजनिक सम्पत्ति र भवनमा भएको क्षति र आगजनीको विवरण यथाशीघ्र अद्यावधिक गर्न, आवश्यक उपकरणहरू समयमै खरिद गरि सम्पन्न गर्न र अर्थ मन्त्रालयमा राय मागिएका विषयमा सहजीकरण सुनिश्चित गर्न पनि निर्देशन दिनुभयो ।
साथै नेपाललाई ग्रे लिस्टबाट बाहिर निकाल्न नियमनकारी, अनुसन्धानकारी तथा अन्य निकायको कामको समन्वय र अनुगमन गर्न, र राष्ट्रव्यापी सुशासन र सेवाग्राहीमैत्री सेवा सुनिश्चित गर्न राष्ट्रिय सतर्कता केन्द्रलाई थप पहल गर्न निर्देशन दिनुभयो ।प्रधानमन्त्री कार्कीले सम्पूर्ण राष्ट्रसेवक कर्मचारीलाई जिम्मेवारीसँग कार्य सम्पादन गर्न आग्रह गर्नुभएको छ।


प्रतिक्रिया दिनुहोस्