वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा स्थिति तनावपूर्ण हुँदै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले आज दिउँसो १२ः३० बजेदेखि कर्फ्यु आदेश जारी गरेको छ । सिमरा विमानस्थल आसपास क्षेत्रमा जेनजी युवाहरूको प्रदर्शन र राजनीतिक दलसँग आवद्ध समूहबीच झडप बढ्दै गएपछि सुरक्षा जोखिम रोक्न कर्फ्यु लगाइएको बारा प्रशासनले जनाएको छ । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) र ६(ख) बमोजिम आज २०८२-०८-०३ गते दिउँसो १२ः३० बजेदेखि बेलुका ८ः०० बजेसम्म कर्फ्यु लागू हुनेछ । कर्फ्यु अवधिभर तोकिएको क्षेत्रमा आवत–जावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायत कुनै पनि गतिविधि पूर्णरूपमा निषेध गरिएको छ । 
बाराको जीतपुरसिमरा क्षेत्रमा स्थिति तनावपूर्ण हुँदै गएपछि कर्फ्यु आदेश जारी


प्रतिक्रिया दिनुहोस्