म्यानमारका अवैध स्क्याम केन्द्रबाट उद्धार भएका ३७ नेपाली स्वदेश फिर्ता

Sagarmatha Post
Sagarmatha Post ४ मंसिर २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौँ। म्यानमारमा अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रमा कार्यरत ३७ नेपाली नागरिकलाई थाइल्यान्ड प्रवेश पछि उद्धार गरी नेपाल फर्काइएको छ।बैंककस्थित नेपाली दूतावासका अनुसार म्यानमार सुरक्षाकर्मीले गत कात्तिक २ गते स्क्यामिङ केन्द्रमा छापा मारेसँगै ती नेपाली थाइल्यान्डतर्फ भागेका थिए। दूतावासले थाइल्यान्डका सम्बन्धित निकायसँगको समन्वयमा उनीहरूलाई बुधवार (मंसिर ३) नेपाल एयरलाइन्सको उडान आरए–४०२ मार्फत स्वदेश पठाएको जनाएको छ।

उनीहरू विविध प्रलोभनमा परेर म्यानमार पुगेका र अनलाइन वेटिङ, क्यासिनो, गेमिङ, फिसिङ तथा क्रिप्टो ठगीजस्ता अवैध गतिविधिमा लगाइएका दूतावासले जानकारी दिएको छ।यससँगै म्यानमारको म्यावडीमा रहेका २३ जना, थाइल्यान्डको मेसोटमा रहेका २ जना र कम्बोडियामा रहेका ४ गरी थप २९ जना नेपालीलाई पनि चाँडै स्वदेश फिर्ता गराउने प्रक्रिया जारी रहेको दूतावासले बताएको छ।दूतावासले वैदेशिक रोजगारीका लागि नेपाल सरकारले तोकेको कानुनी प्रक्रिया पूरा नगरी तथा भ्रमण भिसामा कमाइका नाममा म्यानमार, कम्बोडिया, लाओस र थाइल्यान्ड जस्ता मुलुकमा नजान सर्वसाधारणलाई आग्रह गरेको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्