आज र भोली नारायणी पुलमा राति ५ घण्टा यातायात संचालनमा रोक

Sagarmatha Post
Sagarmatha Post ५ मंसिर २०८२, शुक्रबार
1 Min Read
Aa

नारायणगढस्थित नारायणी पुलमा  आज र भोली राति ५ घण्टा यातायात संचालनमा रोक लगाइने भएको छ । नारायाणघाट-बुटवल सडक योजना (पूर्वी-खण्ड)ले नारायणगढ  र गैंडाकोटको बिचमा रहेको नारायणी नदीको पुलमा पुग्ने (एप्रोच रोड) कालोपत्रे गर्ने कामका लागि दुई दिन राति ११ बजेदेखि बिहान ४ बजेसम्म सबै यातायातका साधन सञ्चालनमा रोक लगाउने जानकारी दिएको छ ।

विभागले दुई दिन पूर्वबाट नारायणगढ हुँदै बुटवलतर्फ जाने गाडी रामनगर क्षेत्रमा र बुटवल कावासोती हुँदै नारायणगढतर्फ जाने गाडी थुम्सी क्षेत्रमा रोकिने जनाएको छ ।महेन्द्र राजमार्ग फराकिलो बनाइरहेको चिनियाँ ठेकेदार कम्पनीले नारायणगढ र गैंडाकोटको बिचमा रहेको नारायणी नदी किनारको सडक ( गैंडाकोट तर्फको) कालोपत्रे गर्न गाडी रोक्न लागेको जनाएको छ । बुटवल-नारायणगढ सडक फराकिलो पार्ने काम अन्तिम चरणमा रहेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्