ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारो पक्राउ

Sagarmatha Post
Sagarmatha Post ७ मंसिर २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौँ ।  ब्राजिलका पूर्व राष्ट्रपति जैर बोल्सोनारो पक्राउ परेका छन् । बोल्सोनारोले आफ्नो २७ वर्षको जेल सजाय सुरु गर्नुभन्दा केही दिनअघि यो कारबाही गरिएको बताइएको छ । प्रहरी अधिकारीहरूका अनुसार बोल्सोनारोलाई उनको घरमै नजरबन्दबाट हटाएर राजधानी ब्रासिलियास्थित संघीय प्रहरी मुख्यालयमा ल्याइएको छ । यो कारबाही ब्राजिलको सर्वोच्च अदालतको आदेशमा गरिएको थियो। बोल्सोनारोलाई कूको षड्यन्त्र रचेको आरोप लगाइएको थियो । २०२२ को चुनाव हारेपछि उनलाई सरकार उल्टाउने, लोकतन्त्र समाप्त गर्ने र हिंसा भड्काउने प्रयास गरेको आरोप लगाइएको थियो । अभियोजन पक्षले अदालतमा षड्यन्त्रमा राष्ट्रपति लुलाको हत्या गर्ने योजना र २०२३ को सुरुमा विद्रोह भड्काएको आरोप लगाएको छ । अदालतले उनलाई सशस्त्र आपराधिक संगठन चलाएको र हिंसा मार्फत लोकतान्त्रिक प्रणाली समाप्त गर्ने प्रयास गरेकोमा दोषी ठहराएको थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्