निर्वाचनको लागि नेपाली कांग्रेसले गरायो दल दर्ता

Sagarmatha Post
Sagarmatha Post ७ मंसिर २०८२, आईतवार
1 Min Read
Aa

नेपाली कांग्रेसले माघमा हुने राष्ट्रियसभाको रिक्त पदको निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गराएको छ । निर्वाचन आयोग पुगेर आज कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दल दर्ता गराएका हुन् ।

हिजोमात्रै पार्टीको केन्द्रीय समितिको बैठकले निर्वाचनमा जाने निर्णय गरेको थियो । त्यसको भोलिपल्ट आज निर्वाचन प्रयोजनको लागि दल दर्ता भएको हो । एमालेले भने अहिलेसम्म प्रतिनिधिसभा निर्वाचनको लागि दल दर्ता गराएको छैन । तर, उसले राष्ट्रियसभाको निर्वाचनको लागि भने दल दर्ता गराईसकेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्