आज नेपाली काँग्रेसको विशेष महाधिवेशनका पक्षधरहरुको काठमाडौँमा विशेष भेला

Sagarmatha Post
Sagarmatha Post १० मंसिर २०८२, बुधबार
1 Min Read
Aa

 नेपाली काँग्रेसका विशेष महाधिवेशनका पक्षधरहरुले आज काठमाडौँमा विशेष भेला गरिरहेका छन् । नेता गुरुराज घिमिरेका अनुसार आज दिउँसो १ बजेपछि राष्ट्रिय सभागृह भृकुटीमण्डपमा भेला आयोजना गरिएको छ । भेला नियमित महाधिवेशनको सम्भावना नभएपछि विशेष महाधिवेशन बोलाउन दबाब दिन गर्न लागिएको बताइएको छ । काँग्रेसमा विशेष महाधिवेशन माग गर्दै देशभरका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई असोज २८ गते नै बुझाएका थिए । काँग्रेसको विधानमा ४० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले माग गरेमा ३ महिना भित्रका विशेष महाधिवेशन बोलाउनु पर्ने वैधानिक व्यवस्था रहेको छ । र तीन महिनाको समय पुस २८ गतेसम्म रहेको छ ।

बहुमतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको माग बमोजिम महाधिवेशन गर्न काँग्रेस केन्द्रीय समितिले निर्णय गर्नुपर्ने उनीहरूको माग रहेपनि काँग्रेसका सभापति शेर बहादुर देउवासहितका नेताहरु फागुन २१ को चुनावअघि महाधिवेशन गर्ने पक्षमा देखिएका छैनन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्