नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय

Sagarmatha Post
Sagarmatha Post १५ मंसिर २०८२, सोमबार
1 Min Read
Aa

काठमाडौँ – नेपाली कांग्रेसले पार्टीको १५ औँ महाधिवेशन आगामी पुस २६ देखि २८ गतेसम्म गर्ने निर्णय गरेको छ।पार्टी कार्यालय सानेपामा सोमबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले पुस  २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन गर्ने सर्वसम्म निर्णय गरेको हो।बैठकमा सहभागी कांग्रेस केन्द्रीय सदस्य किरण पौडेलले पुस २६ देखि २८ सम्म १५ औँ महाधिशेन गर्ने सर्वसम्मत निर्णय भएको जानकारी देशसञ्चारसँग गराए।

यस्तै, बैठकले केन्द्रीय कार्यसमितिको समयावधि आगामी माघसम्मका लागि थप गरेको छ।महाधिवेशनको विषयमा विवाद हुँदा पटक-पटक सर्दै आएको कांग्रेस बैठकले सोमबार महाधिवेशन मिति तय गरेको हो।पार्टीको १५औँ महाधिवेशनको कार्यतालिका प्रस्तुत गर्ने मुख्य एजेन्डामा सहमति जुटेपछि पटक-पटक सर्दै आएको बैठक बसेको थियो।कार्यवाहक सभापति पूर्णबहादुर खड्काले बैठकमा आगामी पुसमा महाधिवेशन गर्ने गरी तयार पारिएको कार्यतालिका निर्णयार्थ पेस गर्ने गरेका हुन्।

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक गत असोज २८ गतेदेखि नै महाधिवेशनको मिति तय गर्न नसकेर पटक-पटक स्थगित हुँदै आएको थियो।पार्टीभित्र महाधिवेशन नियमित गर्ने वा निर्वाचनलाई लक्षित गरी विशेष महाधिवेशन गर्ने भन्ने विषयमा नेताहरूबीच मतभेद र बहस चर्किएको थियो।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्