तारकेश्वरमा ३४ औं अन्तराष्ट्रिय अपांगता दिवस बिभिन्न कार्यक्रम गरि मनाईयो

Sagarmatha Post
Sagarmatha Post १७ मंसिर २०८२, बुधबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको महिला बालबाललिका तथा समाज कल्याण शाखाको आयोजनामा ३४ औं अन्तराष्ट्रिय अपांगता दिवस सम्पन्न भएको छ ।
आज विहान धर्मस्थली बजारबाट सुरु भएको र्याली नगरपालिकाको कार्यालय परिसरमा पुगेर सभामा परिणत भएको थियो । र्यालीमा अपांगता भएका व्यक्तिहरु सहित तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, वडा नं १ का अध्यक्ष बिदुर सापकोटा, महिला बालबालिका शाखाका प्रमुख एवं नगरपालिकाका प्रशासन प्रमुख सम्भु प्रकाश शर्मा लगायतको सहभागीता रहेको थियो ।

May be an image of one or more people, speaker and clarinet
नगरपालिकामा आयोजीत कार्यक्रमलाई सम्बोधन गदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले अपांगता भएकै कारण तारकेश्वरमा कसैलाई पनि विभेद नहुने बताँउदै अपांगता भएका व्यक्तिहरुको हक अधिकारका निम्ती नगरपालिका सदैब सहयोग गर्न तयार रहेको बताउनुभयो ।

May be an image of one or more people, flute and violin
नगर उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले तारकेश्वर नगरपालिकामा जनप्रतिनिधिहरुको रुपमा आइसकेपछि अपांगता भएका व्यक्तिहरुका निम्ती धेरै प्रयासहरु भएको बताँउदै तारकेश्वरमा अटिजम भएका बालबालिकाहरुको शिक्षाका लागि नगरपालिकाले विद्यालय खोल्ने तयारी गरीरहेको बताउनुभयो ।

No photo description available.
तारकेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्सालले अपांगता भएका व्यक्तिहरु मध्य बहुसंख्यक अपांगता भएका व्यक्तिहरु सहायक सामग्रीनै पाउन नसक्ने अवस्था रहेको तथ्यांकहरुले देखाईरहेको बताँउदै तारकेश्वर नगरपालिकाका अपांगता भएका व्यक्तिहरुका लागि त्यस प्रकारको समस्या झेल्न नदिन प्रयासरत रहने बताउनुभयो ।

May be an image of oboe and clarinet
कार्यक्रममा तारकेश्वर नगरपालिकाका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष राधाकृष्ण खड्गीले अपांगता भएका नागरिकहरुको सम्मानपुर्वक जिवन यापनका निम्ती वडाले विभिन्न कार्यक्रमहरु गरिरहेको बताउनुभयो ।

May be an image of one or more people, clarinet and text
कार्यक्रममा तारकेश्वर नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख एवं वडा नं ३ का अध्यक्ष परशुराम अर्यालले वडा कार्यालयले लक्षीत बर्गको कार्यक्रम अन्तगर्त अपांगता भएका व्यक्तिहरुका निम्ती हरेक बर्ष बजेट बिनियोजन गरेर कार्यक्रम समेत गदै आईरहेको बताउनुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाका कार्यपालिका सदस्यहरु, जनप्रतिनिधिहरु, शिक्षा शाखा प्रमुख सुदिनराज बुढाथोकी, तारकेश्वर नगरपालिकाको खेलकुद विकास समितिका अध्यक्ष बिक्रम खड्गी, पृथ्वी नारायण मा.विका अध्यक्ष नारायण काप्री, जितपुर मा.विका प्रधानाध्यापक हरिकृष्ण अर्याल लगायत अपांगता भएका व्यक्तिहरु सहित बिभिन्न संघ संस्थाको प्रतिनिधित्व रहेको थियो । कार्यक्रममा तारकेश्वरको पृथ्वी नारायण मा.वि बाट एसर्ईईमा नेपालको उत्कृष्ट हुने दृष्टीविहिन विद्यार्थीलाई नगद सहित सम्मान समेत गरियो ।
कार्यक्रममा अपांगता भएका व्यक्तिहरुले बिभिन्न प्रस्तुतीहरु राखेका थिए ।

May be an image of musical instrument and text
अपांगता समावेशी समाजको प्रवद्र्धन : सामाजिक उन्नती संवद्र्धन भन्ने मुल नाराको साथ आज डिसेम्बर ३ का दिन नेपालभर बिभिन्न कार्यक्रमका साथ अन्तराष्ट्रिय अपांगता दिवसका कार्यक्रमहरु भईरहेका छन् ।

May be an image of one or more people, motorcycle, segway, scooter and street

May be an image of motorcycle, scooter, segway and text

May be an image of one or more people, temple and text

May be an image of one or more people and text

May be an image of one or more people, crowd and text

May be an image of one or more people, street, hospital and text

fdgfg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्