रबिन थपलिया । काठमाण्डौं । चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता अन्तर्गतको एथलेटिक्स खेल सम्पन्न भएको छ ।
तारकेश्वर नगरपालिकाको आयोजनामा १४ र १५ गते भएका खेलमा २६ स्वर्ण मध्य लालिगुराँस नेश्नल एकेडेमीले एक्लै २३ स्वर्ण हात पादै टिम बिजेता बन्न सफल भएको छ । एथलेटिक्सको २६ स्वर्ण २६ रजत र २६ कास्य गरि ७८ पदकका लागी प्रतिष्पर्धा भएको थियो । उक्त खेलमा लालिगुराँसले टिम बिजेता बन्दै २३ स्वर्ण र २ कास्य सहित २५ पदक हात पारेको छ । त्यस्तै ग्रामसेवा मा.विले २ स्वर्ण, १ रजत र १ कास्य पदक सहित ४ पदक हात पादै खेलको द्धितिय बन्नेको छ भने हिमरश्मी हाईस्कुलले १ स्वर्ण १२ रजत र २ कास्य गरी १५ पदक हात पादै तृतीय बनेको छ ।
त्यस्तै कौशल स्कुलले ४ रजत, मानसिंह धर्मले ३ रजत, ल्याण्डमार्कले २ रजत र ३ कास्य सहित ५, पृथ्वी नारायण मा.बिले १ रजत र ५ कास्य गरी ६, मनमैजु मा.बिले १ रजत पदक प्राप्त गरे । त्यस्ते सृजना ज्ञानसागरले ६ कास्य, नर्थभ्यालीले २, नेपाल राष्ट्रिय मा.बिले २, एलिगेनले २, एन्जल्स हार्ट मा.बि ले १, कालीदेवी मा.बिले १ र सेक्रेट हार्टले १ कास्य पदक प्राप्त गरेको एथलेटिक्सका खेल संयोजक गोपाल बुढाथोकीले जानकारी दिनुभयो ।

dgdf


dfgdfg


प्रतिक्रिया दिनुहोस्