रबिन थपलिया । काठमाण्डौं । २२ औं राष्ट्रिय ज्यापु दिवस ११४६ तथा यःमरि पुन्हिको अवसरमा आज मनमैजुमा विशेष कार्यक्रम सम्पन्न भएको छ ।
ज्यापु महागुथि नेपाः मनमैजु फुसिंख्यको आयोजनामा आज भव्य र्याली सहित कार्यक्रम सम्पन्न भएको हो । ¥याली तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जन, प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, शिक्षा शाखा प्रमुख सुधिनराज बुढाथोकी,तारकेश्वर नगरपालिका वडा नं ८ का अध्यक्ष श्याम कृष्ण सापकोटा, वडा नं ९ का अध्यक्ष श्याम कृष्ण महर्जन, वडा नं ११ का अध्यक्ष कबिराज बस्ने, वडा सदस्यहरु श्यामकृष्ण महर्जन र बिक्रम महर्जन, तारकेश्वर नगरपालिकाको मेयर रनिङ शिल्ड प्रतियोगिताका संयोजक राजेन्द्र प्रसाद तिमिल्सीना, सह संयोजक बिक्रम खड्गी, ज्यापु महागुथि नेपाःउत्तरलागाका अध्यक्ष लक्ष्मण महर्जन, ज्यापु महागुथीका केन्द्रीय अध्यक्ष सत्य नारायण डंगोल लगायतको उपस्थीति रहेको थियो ।
स्थानीय बाजागाजा सहितको ¥यालीले मनमैजुका बिभिन्न देवीदेवताको परिक्रमा गरी देवता घरमा पुगेर सम्पन्न भएको छ । ज्यापु महागुथि नेपाः मनमैजु फुसिंख्यका अध्यक्ष मान बहादुर महर्जनको सभापतित्वमा सम्पन्न भएको समापन कार्यक्रममा ज्यापु महागुथि नेपाःउत्तरलागाका अध्यक्ष लक्ष्मण महर्जन, ज्यापु महागुथीका केन्द्रीय अध्यक्ष सत्य नारायण डंगोलले २२ औं राष्ट्रिय ज्यापु दिवस ११४६ तथा यःमरि पुन्हिको अवसरमा सूभकामना व्यक्त गर्नुभयो ।








yuuy


प्रतिक्रिया दिनुहोस्