चौथो मेयर रनिङ शिल्डको चेस प्रतियोगिता सम्पन्न, छात्र तर्फ मनमैजु मा.बि र छात्रा तर्फ सृजना ज्ञान सागरले जित्यो उपाधी

Sagarmatha Post
Sagarmatha Post १८ मंसिर २०८२, बिहीबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको आयोजनामा जारी चौथो मेयर रनिङ शिल्ड प्रतियोगितामा पहिलो पटक समावेश गरिएको चेस प्रतियोगिता सम्पन्न भएको छ ।
मनमैजु माध्यामिक विद्यालयमा आज आयोजना गरिएको प्रतियोगिताको छात्र तर्फ मनमैजु मा.बि तथा छात्रा तर्फ सृजना ज्ञान सागर ले उपाधी जितेको छ । ३८ विद्यालयका ५३ खेलाडीहरुको सहभागीता रहेको खेलमा छात्र तर्फ जितपुर मा.वि द्धितिय र नेपाल राष्ट्रिय मा.वि तृतिय भएको छ ।
त्यस्तै छात्रा तर्फ मानसिंह धर्म मा.वि द्धितिय र हिम रश्मी हाईस्कुल तृतिय भएको छ ।
प्रतियोगिताको आज बिहान तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले उदघाटन गर्नुभएको थियो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्