रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको आयोजनामा जारी चौथो मेयर रनिङ शिल्ड प्रतियोगितामा अन्तर्गत टेबलटेनिस प्रतियोगिता सम्पन्न भएको छ ।
कौसर स्कुलमा भएको प्रतियोगिताको उपाधी सृजना ज्ञानसागरले जितेको छ । निकै प्रतिष्पर्धात्मक रुपमा चलेको उक्त प्रतियोगिताको द्धितिय स्थान हिमरश्मी स्कुलले जित्न सफल भयोभने तृतिय कौशर स्कुल र सेक्रेट हार्टले जितेका छन् ।
प्रतियोगिताको तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले एक समारोहका बिच समापन गर्नुभयो । सो अवसरमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज लम्साल, शिक्षा शाखा प्रमुख सुधिनराज बुढाथोकी, चौथो मेयर रनिङ शिल्ड प्रतियोगिताको खेल संयोजक राजेन्द्र प्रसाद तिमिल्सीना, सह संयोजक बिक्रम खड्गी लगायतको उपस्थीति रहेको थियो ।
चौथो मेयर रनिङ शिल्ड अन्तर्गत टेबलटेनिस प्रतियोगिता सम्पन्न, सृजना ज्ञान सागर बन्यो टिम च्याम्पीयन


प्रतिक्रिया दिनुहोस्