चौथो मेयर रनिङ शिल्ड अन्तर्गतका खेलहरु आज सम्पन्न हुने, समापन भोली गरिने

Sagarmatha Post
Sagarmatha Post १९ मंसिर २०८२, शुक्रबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको आयोजनामा यहि मंसिर १३ देखि जारी सबै खेल आज सम्पन्न हुंदैछन् ।
तारकेश्वर नगरपालिकाकै इतिहाँसमा सर्वाधीक खेलाडीहरुको सहभागीता सहित सर्वाधीक पुरस्कार राशी रहेको चौथो मेयर रनिङ शिल्ड प्रतियोगिताका ११ मध्य ८ विधाका खेलहरु सम्पन्न भएका छन् । बाँकी खेलहरु भलिबल, कबडी र फुटबल भने आज फाईनल हुंदैछन् । ८ खेल विधाका खेल सम्पन्न भईरहंदा लगातार दुई पटक प्रतियोगिता बिजेता लालिगुराँस नेश्नल एकेडेमी पदक तालिकामा निकै अगाडी रहेको छ ।
तारकेश्वर नगरपालिकाको आयोजनामा “खेल तारकेश्वरको ः सन्देश एकताको”भन्ने मुल नाराका सहित सञ्चालन हुने प्रतियोगिताका सम्पुर्ण खेलहरु आज सक्किएपनि भोली समापन हुने छ । तारकेश्वरका सर्वधीक खेलाडीहरुको सहभागीतामा सर्वाधीक पुरस्कार राशी सहित सञ्चालीत यस प्रतियोगितालाई तारकेश्वरको खेलकुद जगतको महाकुम्भ मेलाको रुपमा पनि हेरीएको छ ।
तारकेश्वरका समुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १८ बर्ष मुनिका विद्यार्थीहरुको मात्र सहभागीता रहने यस प्रतियोगितामा ७८ स्वर्ण, ७८ रजत र ७८ कास्य सहित २३४ पदकका लागि प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा यस पटक तारकेश्वरका ६४ विद्यालयका २६८६ विद्यार्थीहरुको सहभागीता रहनेछ ।
प्रतियोगितामा फुटबल, बास्केटबल, टेबलटेनिस, व्याडमिन्टन, कराँते, उसु, तेक्वान्दो लगायत ११ बिदाका खेलहरु रहनेछन् । प्रतियोगितामा यस पटक चेस खेललाई समेत थप गरिएको छ । चेस बौद्धिक खेल रहेकाले नगरप्रमुख कृष्ण हरि महर्जनकै आग्रहमा यस पटक देखि चेसलाई पनि प्रतियोगितामा समावेश गरिएको तारकेश्वर नगरपालिकाको शिक्षा समिति सदस्य एवं चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक राजेन्द्र प्रसाद तिमिल्सीनाको बताउनुभयो ।
प्रतियोगिताको मंसिर २० गते तारकेश्वर नगरपालिकाको सभाहलमा समापन हुनेछ ।
प्रतियोगितामा पहिलो हुने टिमले नगद रु १ लाख नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुने टिमले नगद रु ६० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, तृतिय हुने टिमले नगद रु ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा शान्त्वना बिजेता टिमले नगद रु २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् । सर्वाधीक खेलाडी र सर्वाधीक पुरस्कार राशि सहितको यस प्रतियोगितालाई तारकेश्वरको खेलकुदको महाकुम्भको रुपमा समेत हेरीने गरिएको छ ।
तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले मेयर रनिङ शिल्ड प्रतियोगिता तारकेश्वरको पर्व तथा महोत्सबको रुपमा रहेको बताँउदै खेलकुद प्रतियोगिताले तारकेश्वरका सामुदायिक र संस्थागत विद्यालयहरु बिचको पारस्परीक सम्बन्ध तथा विद्यार्थीहरु बिचको एकता काम गर्ने बताउनुभयो ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्