नेपाल राष्ट्र बैंकले ७६ जना कर्मचारी माग्यो

Sagarmatha Post
Sagarmatha Post १९ मंसिर २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ७६ जना कर्मचारी माग गरेको छ। शुक्रबार विज्ञापन जारी गर्दै राष्ट्र बैंकले तृतीय श्रेणीको अधिकृतदेखि द्वितीय श्रेणीमा सहायकसम्म ७६ जना कर्मचारी परिपूर्तिका लागि दरखास्त आह्वान गरेको हो। राष्ट्र बैंकले तृतीय श्रेणीमा अर्थशास्त्रतर्फ १ जना, व्यवस्थापक तर्फ एक जना, प्रशासनतर्फ ‍३९ जना, लेखातर्फ १० जना, वाणिज्य कानुनतर्फ ४ जना सहायक निर्देशक मागेको छ।

त्यस्तै द्वितीय श्रेणीतर्फ २१ जना प्रशासन सहायक माग गर्दै आवेदन आह्वान गरेको हो। इच्छुक र योग्यता पुगेका नेपालीहरूले शुक्रबारदेखि पुस १० गतेसम्म अनलाइनमार्फत दरखास्त फाराम बुझाउन सक्नेछन्। दोब्बर दस्तुर तिरेर पुस १७ गतेसम्म फाराम भर्न सकिनेछ। परीक्षा दस्तुर तृतीय श्रेणीका लागि कुनै एक समूहका लागि १ हजार रूपैयाँ र समावेशी समूहबाट पनि आवेदन दिँदा प्रत्येकको थप ४०० रूपैयाँ तोकिएको छ। सहायक द्वितीय श्रेणीका लागि ८०० रूपैयाँ र समावेशी समूहका लागि थप ३०० रूपैयाँ तोकिएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्