चौथो मेयर रनिङ शिल्ड प्रतियोगिताको उपाधी लालिगुराँस स्कुलले जित्यो, तारकेश्वरका कुन स्कुलले कति पदक जिते ?

Sagarmatha Post
Sagarmatha Post १९ मंसिर २०८२, शुक्रबार
3 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । चौथो मेयर रनिङ शिल्ड प्रतियोगिताको उपाधी लगातार तेश्रो पटक तारकेश्वर १० स्थीत लालिगुराँस नेश्नल एकेडेमीले जितेको छ ।
तारकेश्वर नगरपालिकाको आयोजनामा यहि मंसिर १३ देखि जारी खेल सम्पन्न हुंदा कुल ७८ स्वर्ण पदक मध्य लालिगुराँसले ३२ स्वर्ण, ६ रजत र ३ कास्य सहित मेयर रनिङ शिल्डको उपाधी जितेको छ ।
त्यस्तै हिमरश्मी स्कुल १० स्वर्ण, १९ रजत र १३ कास्य सहित द्धितिय र किन्डर गार्डेन स्कुलले ५ स्वर्ण, ७ रजत र १ कास्य सहित तृतीय बनेको छ । त्यस्ते एन्जल्स हार्ट सेकेन्डरी स्कुलले ४ स्वर्ण, ३ रजत र २ कास्य सहित सान्त्वना जितेको छ । सामुदायिक विद्यालय तर्फ मानसिंह धर्म माविले ३ स्वर्ण ५ रजत र १ कास्य पदक सहित पहिलो बनेको छ ।

May be an image of blueprint, ticket stub and text that says 'तारकेश्वर नगरपालिका धर्मस्थली, काठमाडीं चौथो मेयर रनिड शिल्ड प्रतियोगिता -२०८२ अन्तिम पदक तालिका विवरण कर्तान विद्यालय स्वर्ण लालीगुरास नेशनल एकेडेमी रजत कास्य जम्मा हिनरसमी क्ूल अ्रधम किग्डरमरईेबसे. स्कुत दितीय एमवत्स मा.वि. दुृतीय केशाल रो.स्कुल सानबना मानसिह ममा.वि. सिर्जना तानसागर चि. प्रामसेवा मा.वि. सनमेनु सेन्ट जोसोक ककुत जिवन म्योति .बो.स्कुल १२ नागर्न माध्यापिक विययालय पृष्चीनारावण मा.वि. नेषाल राष्ट्िव मा.वि. रोजमेरी आदडत हो.स्कुल to प्रिनहित्स एकेडेमी सिंवा्य एकेडेमी १९ काठमाडी शिक्षालय पुरनो गुहेशरीमा.बि. २१ ल्याणमाक एकेडेमी मेसेटहा हाट हार्ट आवसिय विठ्ठालय २३ कालीदेवी मा.वि. ভাবभूमि मा.वि. पब्लिक स्टडुल जितदुर मावि. एकेडेमी पतिगेन्ट पर्तरई. सकुल म्याली कुल CS CamScanner'

May be an image of blueprint and text that says 'तारकेश्वर नगरपालिका धर्मस्थली, काठमाडीं चौथो मेयर रनिड शिल्ड प्रतियोगिता -२०८२ अन्तिम पदक तालिका विवरण दर्ताीने विद्यालय स्वर्ण रजत श०महालक्मी हाई स्कुल कास्य जम्मा गोलदुझगा अर्किड एकेडेमी ३२ स्प्रिड भ्याली एकेडेमी ३३ एजजल्स हार्ट नेशनल स्कुल 3 रमाईलो पाठशाला ३े५ संस्कृति शिक्षा सदन o ३ે६ तेजश्री एकेडेमी o t जम्मा १ ១៤ ២ ११२ CS CamScanner'
तारकेश्वर नगरपालिकाकै इतिहाँसमा सर्वाधीक खेलाडीहरुको सहभागीता सहित सर्वाधीक पुरस्कार राशी रहेको चौथो मेयर रनिङ शिल्ड प्रतियोगिताका ११ विधाका खेलहरु समावेश गरिएका थिए ।
तारकेश्वर नगरपालिकाको आयोजनामा “खेल तारकेश्वरको ः सन्देश एकताको”भन्ने मुल नाराका सहित सञ्चालीत खेलको भोली भव्य समारोहका बिच समापन हुंदैछ । तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनको प्रमुख आतिथ्यतामा नगरपालिकाको सभाहलमा भोली विहान ११ बजे समापन कार्यक्रम आयोजना गरिएको तारकेश्वर नगरपालिकाका खेलकुद विकास समितिका अध्यक्ष एवं खेलका सह संयोजक बिक्रम खड्गीले बताउनुभयो ।
तारकेश्वरका सर्वधीक खेलाडीहरुको सहभागीतामा सर्वाधीक पुरस्कार राशी सहित सञ्चालीत यस प्रतियोगितालाई तारकेश्वरको खेलकुद जगतको महाकुम्भ मेलाको रुपमा पनि हेरीएको छ ।
तारकेश्वरका समुदायिक र संस्थागत विद्यालयमा अध्ययनरत १८ बर्ष मुनिका विद्यार्थीहरुको मात्र सहभागीता रहने यस प्रतियोगितामा ७८ स्वर्ण, ७८ रजत र ७८ कास्य सहित २३४ पदकका लागि प्रतिष्पर्धा भएको थियो । प्रतियोगितामा यस पटक तारकेश्वरका ६४ विद्यालयका २६८६ विद्यार्थीहरुको सहभागीता रहेको थियो ।
प्रतियोगितामा फुटबल, बास्केटबल, टेबलटेनिस, व्याडमिन्टन, कराँते, उसु, तेक्वान्दो लगायत ११ बिदाका खेलहरु रहनेछन् । प्रतियोगितामा यस पटक चेस खेललाई समेत थप गरिएको छ । चेस बौद्धिक खेल रहेकाले नगरप्रमुख कृष्ण हरि महर्जनकै आग्रहमा यस पटक देखि चेसलाई पनि प्रतियोगितामा समावेश गरिएको तारकेश्वर नगरपालिकाको शिक्षा समिति सदस्य एवं चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता सञ्चालन तथा व्यवस्थापन समितिका संयोजक राजेन्द्र प्रसाद तिमिल्सीनाको बताउनुभयो ।
प्रतियोगितामा पहिलो हुने टिमले नगद रु १ लाख नगद सहित शिल्ड, मेडल र प्रमाणपत्र, द्धितिय हुने टिमले नगद रु ६० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र, तृतिय हुने टिमले नगद रु ४० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा शान्त्वना बिजेता टिमले नगद रु २० हजार सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने छन् ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्