जितपुर मा.विका शिक्षक बासुदेव तिमिल्सीनको निधनमा आज तारकेश्वरका सामुदायिक विद्यालयहरुमा शोक बिदा

Sagarmatha Post
Sagarmatha Post २१ मंसिर २०८२, आईतवार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाका समुदायिक विद्यालयहरु आज शोक बिदामा बन्द गरिएको छ ।
तारकेश्वर नगरपालिकाका वडा नं ३ स्थीत जितपुर माध्यामिक विद्यालयका शिक्षक बासुदेव तिमिल्सीनाको गएराती ५८ बर्षको उमेरमा निधन भएकोमा शोकमा बिद्यालय बन्द गरिएको हो ।
तारकेश्वर सामुदायिक विद्यालय समितिको सिफारीस र अनुरोधमा तारकेश्वर नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको सुचना बमोजिम विद्यालय बन्द गरिएको जितपुर मा.विका प्रधानाध्यापक एवं तारकेश्वर नगरपालिकाका शिक्षा समिति सदस्य हरिकृष्ण अर्यालले बताउनुभयो ।
२०४६ बैशाख ५ गते बाट जितपुर माविमा शिक्षकको रुपमा कार्यरत शिक्षक तिमिल्सीना केहि समय देखि छाती र अन्य रोगको उपचारको क्रममा हुनुहुन्थ्यो । तिमिल्सीनाका श्रीमती सहित १ छोरी र २ छोरा हुनुहुन्छ ।
दिवंगत तिमिल्सीनाको गएराती पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । नेपाल शिक्षक संघ तारकेश्वरका सक्रिय सदस्य समेत रहनुभएका तिमिल्सीनाको पार्थीब शरीरमा नेपाली काँग्रेसको झण्डा ओडाएर श्रदाञ्जली समेत अर्पण गरिएको थियो । सो अवसरमा संविधान सभा सदस्य एवं पुर्व रक्षामन्त्री भिमसेनदास प्रधान, नेपाली काँग्रेस क्षेत्र नं ६ का सभापति श्याम कृष्ण खड्गी, प्रदेश सभा कार्यसमितिका सभापति बिष्णु भक्त तिमिल्सीना, तारकेश्वर नगरपालिकाका सभापति एवं नगरप्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, तारकेश्वर नगरपालिकाका वडा अध्यक्षहरु,नेपाल शिक्षक संघ तथा जितपुर मा.वि का शिक्षक एवं कर्मचारीहरुले पुस्प गुच्छा चढाएर अन्तीम बिदाई गर्नुभएको थियो ।

सगरमाथा पोष्ट डट कम परिवार स्वर्गीय तिमिल्सीनाको आत्माको चिर शान्तिको कामना गदै परिवारजनहरुमा गहिरो समबेदना प्रकट गर्दछ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्