रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको आयोजनामा सम्पन्न चौथो मेयर रनिङ शिल्ड प्रतियोगितामा विद्यालयलाई पदक दिलाउन सफल खेलाडीहरुलाई मानसिंह धर्म मा.वि ले नगद सहित सम्मान गरेको छ ।
विद्यालयमा आज आयोजीत कार्यक्रममा बिच तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राई र विद्यालयका प्रधानाध्यापक केदार प्रसाद गजुरेलले विद्यार्थीहरुलाई नगद सहित सम्मान गर्नुभयो ।
यहि मंसिर १३ गते देखि २० गते सम्म सञ्चालीत चौथो मेयर रनिङ शिल्ड प्रतियोगितामा तारकेश्वरका सामुदायिक विद्यालय तर्फ मानसिंह धर्म मा.वि प्रथम हुन सफल भएको थियो । मानसिंहले ३ स्वर्ण, ५ रजत र १ कास्य सहित ९ पदक जित्न सफल भएको थियो । जस अनुसार कराँतेमा स्वर्ण पदक बिजेता खेलाडीहरु मञ्जली तामाङ, विशाल तामाङ र प्रतिक्षा गुरुङ, रजत पदक बिजेता खेलाडीहरु अविशेक ढुंगेल (१ सय र २ सय मिटर दुवैमा रजत), प्रार्थना बुढा (चेस), पुस्पा धर्मी (३ सय मिटर दौड), अञ्जली रोक्का मगर (कराँते) तथा कास्य पदक साधना सुनाम (कराँते) मा विद्यालयलाई पदक दिलाए । पदक बिजेता खेलाडीहरुलाई स्वर्ण पदक बिजेतालाई ३ हजार, रजत पदक बिजेतालाई २ हजार र कास्य पदक बिजेतालाई १ हजार पाँच सय नगद सहित सम्मान गरिएको छ ।

विद्यार्थीहरुलाई सम्मान गदै तारकेश्वर नगरपालिका वडा नं १० का अध्यक्ष कुमार राईले पदक बिजेता खेलाडीहरुलाई बधाई र सुभकामना व्यक्त गदै पदकसंगै एसईई परिक्षामा समेत उत्कृष्ट नतिजा ल्याएर विद्यालयको नाम राख्नेगरि मेहनत गर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
विद्यालयको प्रगति र उन्नतीमा विद्यार्थीसंगै, शिक्षक, अविभावक र व्यवस्थापन समितिको उत्तिकै हात रहने बताँउदै आफु निर्वाचीत भएर आएपछि मानसिंह स्कुलको भौतीक सुधारमा समेत निकै लगानी गरिएको बताउनुभयो ।
कार्यक्रममा मानसिंह डोजोका संस्थापक, अन्तराष्ट्रिय रेफ्रि एवं विद्यालयका खेल प्रशिक्षक महेश महर्जनले विद्यालयको समिति श्रोत साधनका बिचपनि विद्यार्थीले राम्रो सफलता दिलाएको बताँउदै स्वर्णपदक बिजेता खेलाडीलाई आगामी बर्ष देखि विद्यालयले निशुल्क अध्ययनको व्यवस्था गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक केदार प्रसाद गजुरेलले विद्यालयले तारकेश्वर नगरपालिका भित्रका सामुदायिक विद्यालय मध्य मानसिंह गतबर्ष जस्तै पहिलो स्थान दिलाउन सफल भएको बताँउदै पदक दिलाएर विद्यालयको इज्जत राख्न सफल प्रशिक्षक महेश महर्जन सहित बिजेता खेलाडीहरुलाई बधाई र सुभकामना व्यक्त गर्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रत्न मायाँ परियारको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य मान बहादुर महर्जन, विद्यालय अविभावक संघका अध्यक्ष विशनसिंह बोहरा, विद्यालयका शिक्षक एवं अविभावकहरुको उपस्थीति रहेको थियो । कार्यक्रम संचालन विद्यालयका अनुशासन शिक्षक जितेन श्रेष्ठ गर्नुभएको थियो ।





fgfg
dff


प्रतिक्रिया दिनुहोस्