मन्त्रिपरिषद्को निर्णयहरु सार्बजनिक

Sagarmatha Post
Sagarmatha Post २३ मंसिर २०८२, मंगलवार
1 Min Read
Aa

मङ्सिर २२ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १८ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।

मन्त्रिपरिषद्को बैठकले तिनकुने घटनामा मृत्यु भएका पत्रकार सुरेश रजकलाई शहिद घोषणा गरेको छ । बैठकले जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्ग भएका व्यक्तिलाई राहत सहायता उपलब्ध गराउने सम्बन्धी कार्यविधि २०८२ स्वीकृत गरेको छ  । यस्तै जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारीको सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने लगायतका निर्णय गरेको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्