प्याव्सन काठमाण्डौको आयोजनामा जिल्लास्तरीय अन्तर विद्यालय बास्केटबल प्रतियोगित सम्पन्न, रेडियन्टले जित्यो उपाधी

Sagarmatha Post
Sagarmatha Post २५ मंसिर २०८२, बिहीबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । काठमाण्डौं जिल्ला प्याव्सनको आयोजना तथा तारकेश्वर नगर प्याव्सनको संयोजनमा काठमाण्डौं जिल्ला स्तरीय अन्तर बिद्यालय छात्र बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ ।
काठमाण्डौं जिल्लाका स्थानीय निकाय मातहतका प्याब्सनका सदस्य विद्यालयहरु बिच भएको प्रतियोगितामा नागार्जुन नगरपालिकाको रेडियन्ट स्कुलले छात्र बास्केटबल प्रतियोगिताको उपाधी जितेको छ ।
तारकेश्वर नगरपालिकाको लालिगुराँस नेश्नल एकेडेमी, एन्जल्स हार्ट मा.वि तथा हिमरश्मी स्कुलमा यहि मंसिर २२ गतेबाट सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगितको फाइनल खेलमा रेडियन्टले काठमाण्डौं महानगरपालिका अन्तर्गतको न्युटन स्कुललाई पराजीत गदै उपाधी जितेको हो । प्रतियोगिताको द्धितिय स्थान न्युटन स्कुलले जित्यो भने नागार्जुनको काठमाण्डौं भ्याली तृतीय बन्न सफल भयो । त्यस्तै बुढानीलकण्ठको थुङरान इन्टरनेश्नल एकेडेमी चौथो बन्न सफल भयो । प्रतियोगिता बिजेता टिमहरुले ट्रफि, मेडल र प्रमाणपत्र सहित क्रमस नगद रु ३० हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार समेत पाए ।
प्रतियोगिताको धेरै स्कोर गर्ने खेलाडीको उज्जवल श्रेष्ठ र मष्ट भ्यालुयबल पर्सनमा अमोसोन मोक्तान बन्न सफल भए ।
प्रतियोगितामा काठमाण्डौं जिल्लाका कक्षा १० सम्मका ३६ छात्रहरुको टिमको सहभागीता रहेको काठमाण्डौं जिल्ला प्याव्सनका उपाध्यक्ष एवं ईसिए प्रमुख धनबहादुर पुनले जानकारी दिनुभयो ।
लालिगुराँस नेश्नल एकेडेमिमा आयोजना गरिएको समापन कार्यक्रममा बोल्दै प्याव्सन केन्द्रीय कार्यसमितिका सह–अध्यक्ष गोपाल आचार्यले प्रतियोगितामा बिजयी टिमलाई बधाई र सुभकामना व्यक्त गदै प्रतियोगिताले बास्केटबलको राष्ट्रिय खेलाडी उत्पादन गर्ने विश्वास व्यक्त गर्नुभयो ।
समापन कार्यक्रममा काठमाण्डौं जिल्ला प्याव्सनका अध्यक्ष नवराज भट्टले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सबै प्रति धन्यावात दिंदै टिम बिजेता बनेसंगै आँउदै गरेको एसईई परिक्षामा उत्कृष्ट नम्बर सहित सफल हुन विद्यार्थीहरुलाई सुभकामना समेत दिनुभयो ।
तारकेश्वर नगर प्याव्सनका इसिए÷सिसिए विभागका संयोजक नवराज न्यौपानेले सञ्चालन गर्नुभएको कार्यक्रममा काठमाण्डौं जिल्ला प्याव्सनका उपाध्यक्षहरु धन बहादुर पुन, सुर्य केसी र सुर्य भण्डारी, तारकेश्वर नगर प्याव्सनका अध्यक्ष गोपाल बहादुर बुढाथोकी, प्याव्सन पुर्व केन्द्रीय सदस्य जुद्ध बहादुर पुन, तारकेश्वर नगर सह कोषाध्यक्ष टक बहादुर थापा लगायतको उपस्थीति रहेको थियो । समापन कार्यक्रममा लालिगुराँस स्कुलका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्