एन्जल्स हार्ट सेकेन्डरी स्कुलमा पुर्व प्राथमिक तहका विद्यार्थीहरुको खेलकुद कार्यक्रम सम्पन्न

Sagarmatha Post
Sagarmatha Post २६ मंसिर २०८२, शुक्रबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं १० स्थीत एन्जल्स हार्ट सेकेन्डरी स्कुलका पुर्व प्राथमिक तहका विद्यार्थीहरुको खेलकुद कार्यक्रम सम्पन्न भएको छ ।
अतिरिक्त कृयाकलाप मार्फत विद्यार्थीको क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले विद्यालयमा आज आयोजना गरिएको खेलकुद कार्यक्रममा कक्षा नर्सरी देखि युकेजी सम्म अध्ययनरत विद्यार्थीहरु सहभागी भएका थिए । विद्यार्थीहरुलाई बिभिन्न खेल कार्यक्रममा सहभागी गराएपनि उनिहरुको सामुहिक मुल्यांकन गरिएको थियो । खेलकुद कार्यक्रममा सहभागी सम्पुर्ण विद्यार्थीहरुले मेडल र प्रमाणपत्र समेत प्राप्त गरेका छन् ।

May be an image of one or more people and text
विद्यालयको वार्षिक क्यालेन्डर अनुसार विद्यार्थी र अभिभावकसँग भाइचाराको सम्बन्ध स्थापित हुने उद्देश्यले खेलकुद कार्यक्रम आयोजना गरेको विद्यालयका सहायका प्रधानाध्यापक दिल बहादुर बुढाथोकीले बताउनुभयो ।

May be an image of one or more people and text
कार्यक्रममा एन्जल्स हार्ट सेकेन्डरी स्कुलका अध्यक्ष लिल बहादुर पुनले विद्यार्थीहरुको पठन पाठन र सर्वाङगीण विकासका लागि विद्यालयले प्रत्यक बर्ष कार्यक्रम आयोजना गदै आईरहेको बताउनुभयो । खेलकुद मानव जीवनको अभिन्न बिषय रहेको बताँउदै खेलकुद कार्यक्रममा सहभागी सबै विद्यार्थीहरुलाई बधाई र सुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यार्थीहरुले बिभिन्न साङगीतिक प्रस्तुतीहरु राखेका थिए । कार्यक्रममा विद्यालयका अविभावकहरु बिच मैत्रीपुर्ण खेलकुद कार्यक्रम आयोजना गरिएको थियो । बिजेता अविभावकलाई विद्यालयले पुरस्कार समेत दिएको थियो ।

May be an image of child and dancing

fgfg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्