काठमाडौँ महानगरले फिर्ता ल्यायो २०८ रोपनी सार्वजनिक जग्गा

Sagarmatha Post
Sagarmatha Post २९ मंसिर २०८२, सोमबार
1 Min Read
Aa
?????? ?????? ??? ????????, ?? ??????? ???????? ???????????? ?????? ????????? ??? (?????) ?????? ????? ???? ?????????? ?????????????????? ?????? ?? ?? ?????? ????–?????? ??????? ??????????? ? ??????? ????? ?????÷????

काठमाडौँ, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले आफू प्रमुखको भूमिकामा आएपछि रु २३ अर्ब मूल्य बराबरको २०८ रोपनी सार्वजनिक जग्गा फिर्ता गरिएको बताउनुभएको छ।  कामपाको ३१औँ स्थापना दिवसको अवसरमा प्रमुख शाहले कामपाको लक्ष्य  रु दुई खर्ब बराबरको एक हजार आठ सय ५९ रोपनी सार्वजनिक  अतिक्रमण जग्गा फिर्ता गर्नुरहेको जानकारी दिनुभयो ।

उहाँले रु ९१ करोड लागतको सम्पदा संरक्षणको काम गरेको बताउनुभयो। दश केन्द्रलाई बिमाको प्रथम सेवा केन्द्रको रुपमा तोकिएको उहाँले जानकारी दिनुभयो।  रु पाँच अर्ब चार करोडको लागतमा दुई सय ५१ योजना बोलपत्र प्रक्रियामार्फत खरिद गरिएका प्रमुख शाहले बताउनुभयो। उहाँका अनुसार धुलोरहित सडक कार्यक्रमअन्तर्गत ५५ किलोमिटर सडक सुधार सम्पन्न भएको छ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसहितको सहभागिता थियो । कार्यक्रममा विभिन्न वडाले सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। काठमाडौँ महानगरले हरेक वर्ष मङ्सिर २९ गते स्थापना दिवस मनाउँदै आएको छ । रासस

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्