रबिन थपलिया । काठमाण्डौं । नुवाकोटको शिवपुरी गाँउपालिका वडा नं ८ थानापति स्थीत महेन्द्र आधारभुत विद्यालयको ६४ औं बार्षिकोत्सब सम्पन्न भएको छ ।
शिवपुरी गाँउपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलियाको प्रमुख आतिथ्यतामा विद्यालयको प्राङगणमा आज भव्य कार्यक्रमको आयोजना गरी विद्यालयले बार्षिकोत्सब मनाएको हो ।
सो अवसरमा शिवपुरी गाउँपालिकाका अध्यक्ष गोविन्द प्रसाद थपलियाले शिवपुरी गाउँपालिकाले शिक्षा र स्वास्थ्यको विकासका लागि प्राथमिकतामा राखेर विभिन्न कार्यक्रमहरु गदै आईरहेको बताँउदै आफु निर्वाचीत भएर आएपछि विद्यालयको शैक्षिक सुधारका लागि नियमीत रुपमा पालिकाबाट सहयोग गदै आईरहेको बताउनुभयो ।

शिक्षक सेवा उत्रिण गरेर हजारौं शिक्षकबाट छनौट भएर आएका शिक्षकहरुको शैक्षिक क्षमता अव्वल रहेपनि निजि विद्यालयमा अध्ययन राम्रो हुने समाजको भ्रम चिर्नेगरी काम गर्न शिक्षकहरुलाई आग्रह समेत गर्नुभयो ।
गाँउपालिकाको सिमित श्रोत साधनका कारण चाहेर पनि माग अनुसारको सहयोग गर्ने अवस्था नरहेको बताँउदै अध्यक्ष थपलियाले विद्यालयको शैक्षिक सुधारका लागि विद्यार्थीसंगै शिक्षक र अविभावकको समेत महत्वपुर्ण भूमिका रहेकाले सवैले आ–आफ्नो ठाँउबाट सहयोग गर्नुपर्ने बताउनुभयो ।

शिवपुरी गाँउपालिका वडा नं ८ का अध्यक्ष केशव प्रसाद रिजालले विद्यालयको भौतिक संरचना भन्दा विद्यालयको शैक्षिक प्रगति महत्वपुर्ण रहेको बताँउदै निजी विद्यालयको भन्दा राम्रो नतिजा निकाल्ने गरी काम गर्न विद्यालयलाई सुझाब दिनुभयो ।

कार्डसन नुवाकोटका अध्यक्ष पदम उप्रेतिले विद्यालयको नवनिर्मित भबनका निम्ती कार्डसन मार्फत परियोजना सञ्चालन भएर अहिलेको अवस्था सम्म आइपुगेको बताँउदै विद्यालयका निम्ती आवश्यक परेको बखतमा हर तरिकाले सहयोग गर्न तयार रहेको बताउनुभयो ।

पाँच तारे चेन होटल रोयल टियुलिपका महाप्रवन्धक बलराम पाठकले विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि पृथक ढंगल काम गर्नुपर्ने बताँउदै विद्यालयका लागि आवश्यक सहयोगका निम्ती आफुले समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जनज्ञान निकेतन मा.वि का विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद सिटौलाले विद्यालय व्यवस्थापनमा जिम्मेवार व्यक्तिले उपयुक्त स्थान पाँउदा धेरै प्रगति गर्न सक्ने कुरा महेन्द्र आधारभुत विद्यालयको व्यवस्थापनको कामले पुष्टी गरेको बताँउदै विद्यालयको भौतिक र शैक्षिक प्रगति लोभलाग्दो रहेको बताउनुभयो ।
विद्यालयका लागि आफुले पनि बेला बखतमा सहयोग गदै आईरहेको बताँउदै आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको बताउनुभयो ।

नेपाली काँग्रेस नुवाकोटका जिल्ला सदस्य रमेश कुमार पाठकले अविभावकहरुसंग न्युनतम शुल्क लिएर अंग्रेजी माध्यमबाट थप कक्षा सञ्चालन गर्न सकेमा निजि विद्यालयमा बिद्यार्थी जान रोकिने बताँउदै विद्यालयको शैक्षिक सुधारका लागि सबैले पहल गर्नु जरुरी रहेको बताउनुभयो । पाठकले सो अवसरमा गाँउपालिका अघिल्लो जनप्रतिनिधिहरुको पालामा विद्यालय मर्जन गर्ने नाममा यसै विद्यालय खारेजीको निर्णय हुंदा गाँउपालिका सम्म पुगेर त्यसलाई रोकिएको स्मरण गर्नुभयो ।
विद्यालयका पुर्व शिक्षक भैरब प्रसाद पाण्डेले विद्यालयको भौतिक प्रगति निकै लोभलाग्दो रहेको बताँउदै शिक्षाको गुणस्तर सुधारका लागि लाग्न विद्यालय परिवारलाई सुझाब दिनुभयो ।
नेकपा एमाले थानापतिका अध्यक्ष एवं पुर्व वडा सदस्य रामशरण थापाले विद्यालयको भौतिक सुधार आफ्नै पालामा थालिएको बताँउदै विद्यालयका लागि आफु पदमा नरहेपनि हर तरिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका प्रधानाध्यापक दुर्गा देबी पौडेलले विद्यालय सञ्चालनका लागि आर्थिक अभाव रहेको बताँउदै सहयोग गरिदिन सवै प्रति अनुरोध गर्नुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जिवलाल पाण्डेले विद्यालयको भौतिक र शैक्षिक सुधारका लागि सहयोग गर्ने सवै प्रति धन्यवात दिंदै विद्यालयका लागि आफुले सदैब काम गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा जनज्ञान निकेतन क्याम्पसका पुर्व प्राचार्य महेश प्रसाद सिलुवाल, जनज्ञान मा.विका प्रधानाध्यापक अर्जुन प्रसाद लामिछानेले बार्षिकोत्सबको अवसरमा विद्यालयलाई बधाई र सुभकामना व्यक्त गर्नुभयो ।

विद्यालयका शिक्षक पशुपति पाण्डेले सञ्चालन गरेको कार्यक्रममा शिवपुरी गाँउपालिका वडा नं ८ का वडा सदस्यद्धय राम पाठक, अक्कल तामाङ, जनज्ञान मा.विका पुर्व प्रअ. महेश प्रसाद सिलुवाल, विद्यालयका पुर्व शिक्षक एवं कुम्भेश्वर मा.वि का पुर्व प्रअ राजन प्र थपलिया, विद्यालयका पुर्व प्रधानाध्यापक प्रेम प्रसाद पाठक, राम सिटौला, विद्यालयका पुर्व शिक्षक एवं भेडाबारी स्कुलका पुर्व प्रअ भैरब प्रसाद पाण्डे, सुवास पाण्डे, मुराहारी थपलिया, अर्जुन थपलिया, शिक्षक यादब पाण्डे, दिपक सिटौला लगायत विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थीहरु, अविभावकहरु लगायतको उपस्थीति रहेको थियो ।
सो अवसरमा विद्यालयका विद्यार्थीहरुले बिभिन्न साँस्कृतिक प्रस्तुती राखेका थिए । कार्यक्रममा विभिन्न दाताहरुबाट प्राप्त शैक्षिक सामग्रीहरु तथा विद्यालयको ड्रेस समेत विद्यार्थीहरुलाई बितरण गरिएको थियो ।


dfdf


प्रतिक्रिया दिनुहोस्