नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु

Sagarmatha Post
Sagarmatha Post ३ पुष २०८२, बिहीबार
1 Min Read
Aa

काठमाडौँ । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको मतदानको मतगणना सुरु भएको छ। सबै भोटिङ मेसिनबाट चिप्स निकालेर एकत्रित गरी गणना थालिएको एमाले निर्वाचन आयोगका उपाध्यक्ष सानुराजा पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार ३ देखि साढे ३ घण्टाभित्र नतिजा सार्वजनिक हुने अपेक्षा गरिएको छ।

३०१ सदस्यीय कमिटीका लागि ६४२ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। कुल २,२६३ प्रतिनिधिमध्ये २,२२७ जनाले मतदान गरेका छन्।एमालेमा नयाँ नेतृत्वका लागि बुधबार बिहानदेखि सुरू भएको मतदान आज बिहान ७ः०० बजे सम्पन्न भएको थियो । मतदानमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिएका थिए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्