एमाले र यसको नेतृत्वमाथि प्रहार भए देश ठप्प पार्ने नवनिर्वाचित अध्यक्ष तथा पूर्व प्रधानमन्त्री ओलीको चेतावनी

Sagarmatha Post
Sagarmatha Post ४ पुष २०८२, शुक्रबार
2 Min Read
Aa

काठमाडौं, नेकपा (एमाले) का तेस्रो कार्यकालका लागि नवनिर्वाचित अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले नेतृत्वमाथि मुद्दा–मामिला, भौतिक हमला र प्रहार हुनसक्ने खतरा औंल्याएका छन् । ११औं महाधिवेशनमा निर्वाचित भएपछि शपथग्रहण गरेपछि दिएको मन्तव्यमा ओलीले एमाले र यसको नेतृत्वमाथि प्रहार भए देश ठप्प पार्ने चेतावनी दिएका छन् ।

उनले भने,‘एमाले नेतृत्वमाथि मिडिया ट्रायल भइरहेको छ। अहिलेसम्म मिडिया प्रचार भयो, अब भौतिक हमला हुनसक्छ। पञ्चायतकालमा जस्तै जालसाजीका मुद्दामामिला चलाइन सक्छ, ुएमाले नेतृत्वमाथि भौतिक हमला हुने सम्भावना पनि छ। भौतिक हमला भएको दिन यो देश ठप्प हुनुपर्छ। यो सरकार पनि ढल्नुपर्छ। त्यसका निम्ति तयार रहन निर्देशन दिन्छु ।’

उनले सकिने पार्टी नभई जीवन्त र अजम्बरी पार्टी भएको बताए । ओलीले एमालेको ११औँ महाधिवेशन पुराना पार्टीहरू सकिए भन्नेहरूका लागि जवाफ बनेको बताए । उनले भने,‘एमालेको ११औँ महाधिवेशन पुराना पार्टीहरू सकिए भन्नेहरूका लागि जवाफ बनेको छ । नेकपा ९एमाले० सकिने पार्टी होइन, यो एक जीवन्त र अजम्बरी पार्टी हो ।’ उनले एमालेलाई फुटाउने षड्यन्त्र भए पनि सफल नहुने बताए ।

उनले भने,‘हाम्रो पार्टीमा जस्तो लोकतान्त्रिक अभ्यास अरूमा छैन । धेरैले यो पार्टी फुट्ने आस गरेका थिए, फुट्छ भनेर कोसिस गर्दै धूप हालिरहेका थिए, तीनको धूप खेर जान्छ । एमाले अझै मजबुत भएर जान्छ ।’ Photo & Text Source: नेपाल कम्युनिष्ट पार्टी (एमाले)/Facebook

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्