२१ फागुनमा निर्वाचन गराउन तयारी सुस्त भएको भन्दै डा. शेखर कोइरालाले उठाए प्रश्न

Sagarmatha Post
Sagarmatha Post ४ पुष २०८२, शुक्रबार
1 Min Read
Aa

काठमाडौं, नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व सांसद डा. शेखर कोइरालाले २१ फागुनमा निर्वाचन गराउनको लागि सरकारको तयारी सुस्त भएको भन्दै समयमै निर्वाचन हुनेमा आशका पैदा भएको बताएका छन् । आज (शुक्रबार) मोरङको सुन्दरहरैंचा नगरपालिका वार्ड नं–४ का स्थानीय नेताहरुसँग भेटघाट गर्दै कोइरालाले यस्तो आशंका व्यक्त गरेका हुन् । उनले तोकिएकै मितिमा निर्वाचन हुनुपर्ने भन्दै त्यसको लागि तयारीमा जुट्न पार्टी पँक्तिलाई निर्देशन दिए ।

उनले कांग्रेस निर्वाचनमा भाग लिन आतुर रहेको भन्दै निर्वाचनले मात्रै प्रजातन्त्रको जग बलियो हुने विश्वास दिलाए । उनले आफूहरु यतिवेला निर्वाचनको मिति कुरेर बसेको भन्दै सरकारलाई पनि गम्भीर भएर लाग्न सुझाव दिए । उनले भन,‘हामी त निर्वाचनको मिति कुरेर बसेका छौं तर सरकारको तयारी हेर्दा निर्वाचन हुनेमा आशंका समेत जन्मिएको छ । दलका केही नेतालाई काठमाडौँ बाहिर जान दिइएको छैन, लुटिएका हतियार बाहिर छन्, कैदीहरू बाहिर छन् यसबारेमा सरकारले के सोचेको छ ?’ Photo Source: Dinesh Chandra Thapaliya/Facebook

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्