ग्रामसेवाका व्यवस्थापन समिति अध्यक्ष राजकुमार डंगोलले विद्यालयलाई ५० हजारको खेलकुद सामग्री उपलव्ध गराउने
रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं ६ स्थीत ग्रामसेवा मा.वि ले तारकेश्वर नगरपालिकाको आयोजनामा हालै सम्पन्न चौथो मेयर रनिङ शिल्ड प्रतियोगितामा विद्यालयलाई पदक दिलाउने खेलाडीहरुलाई नगद सहित सम्मान गरेको छ ।
विद्यालयमा आज आयोजीत कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार डंगोलले पदक बिजेता खेलाडीहरुलाई नगद सहित सम्मान गर्नुभयो ।
तारकेश्वर नगरपालिकाको आयोजनामा मंसिर १३ गते देखि २० गते सम्म चौथो मेयर रनिङ शिल्ड प्रतियोगितामा ३ स्वर्ण, १ रजत र ४ कास्य सहित ८ पदकका साथ ग्रामसेवाले ८ औं स्थान हाँसील गर्न सफल भएको थियो । तारकेश्वरका ६४ सामुदायिक र संस्थागत विद्यालयको सहभागीता रहेको प्रतियोगितामा सामुदायिक विद्यालयहरु मध्यमा ग्रामसेवाले दोश्रो स्थान प्राप्त गरेको थियो । तारकेश्वरका १६ सामुदायिक विद्यालयको सहभागीता रहेको प्रतियोगितामा ७ वटा समुदायिक विद्यालय पदक बिहिन भएर र्फकिएका थिए ।

विद्यालयमा आयोजीत कार्यक्रमलाई सम्बोधन गदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार डंगोलले सिमिति श्रोत साधनका बिच पनि उच्च मनोबलका साथ खेलकुदमा सहभागी भएर पदक दिलाएकोमा विद्यार्थीहरुलाई धन्यवात दिंदै विद्यालयको खेलकुदको विकासका लागि रु ५० हजार बराबरको खेलकुद सामग्री विद्यालयलाई उपलव्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
अध्यक्ष डंगोलले खेलकुदले विद्यार्थीहरुमा सामुहिकता, नेतृत्व, जवाफदेहिता, धैर्यता र आत्म–विश्वास सिकाउन मद्दत गर्दछ गर्ने बताँउदै अध्ययनको अतिरिक्त समयमा खेलकुदमा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह समेत गर्नुभयो ।
विद्यालयका खेलकुद शिक्षक योगेन्द्र न्यौपानेले विद्यालयमा खेलकुद सामग्रीको अभावका कारण मेयरकपमा सहभागी हुन निकै दुख परेको बताँउदै आगामी दिनमा प्रतियोगिता हुनुपुर्व खेलकुदका सामग्रीहरु समयमानै उपलव्ध भएमा विद्यालयले अझ राम्रो नतिजा ल्याउने बताउनुभयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य गोकुल पुडासैनीले सामुदायिक विद्यालयहरुमा खेलकुद सामग्रीहरुको अभावका कारण विद्यार्थीहरुले तयारी गर्न नसक्दा शन्तोषजनक परिणाम हाँसील गर्न नसकिरहेको बताँउदै नगरपालिकाले खेलकुद प्रतियोगिता गर्नुपुर्व सामुदायिक विद्यालयहरुलाई खेलकुदका सामग्रीहरु उपलव्ध गराईदिन आग्रह गर्नुभयो ।
विद्यालयकी अतिरिक्त क्रियाकलाप संयोजक मिना भारतीले सञ्चालन गर्नुभएको कार्यक्रममा विद्यालयकी प्रधानाध्यापक सृजना शर्मा, विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीहरुको उपस्थीति रहेको थियो । प्रतियोगितामा नगद पुरस्कार प्राप्त गरेपछि विद्यार्थीहरुले खुसी व्यक्त गरे ।



fgfg


प्रतिक्रिया दिनुहोस्