पतञ्जली योग समिति तारकेश्वरको आयोजनामा दिब्य बनभोज कार्यक्रम सम्पन्न, ८ सय साधक साधिकाको उपस्थीति

Sagarmatha Post
Sagarmatha Post ५ पुष २०८२, शनिबार
2 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । पतञ्जली योग समिति तारकेश्वरको आयोजना तथा महिला पतञ्जली योग समिति तारकेश्वर र युवा नेपाल समितिको सहयोगमा कार्यक्रम आज दिव्य बनभोज कार्यक्रम सम्पन्न भएको छ ।
टोखाको भुतखेल चौरमा आयोजना गरिएको कार्यक्रममा तारकेश्वर नगरपालिकका प्रमुख कृष्ण हरि महर्जन, उपप्रमुख सृजना बुर्लाकोटी अर्याल, वडा अध्यक्षहरु कबिराज बस्नेत, कुमार राई, श्यामकृष्ण सापकोटा, नगर कार्यपालिका सदस्यहरु, तारकेश्वरका जनप्रतिनिधिहरु, पतञ्जली योग समितिका केन्द्र, प्रदेश र जिल्ला समितिका पदाधीकारहरु लगायतको उपस्थीति रहेको थियो ।

May be an image of one or more people and text
कार्यक्रमलाई सम्बोधन गदै तारकेश्वर नगरपालिकाका प्रमुख कृष्ण हरि महर्जनले नगरवासी स्वस्थ्य राख्नका लागि आफु निर्वाचीत भएर आएसंगै एक वडा एक योगका लागि एक करोड रकम बिनियोज गरेको बताँउदै तारकेश्वर नगरपालिकाले योगको प्रवद्र्धनका लागि सदैब सहयोग गर्न तयार रहेको बताउनुभयो ।

May be an image of one or more people and text
स्वस्थ्य र मस्त रहनका लागि योगको आवश्यक पर्ने बताँउदै नगरप्रमुख महर्जनले योगमा लागेर आफुलाई तन्दुरुस्त राख्न नगरवासीहरुलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा तारकेश्वर नगरपालिकाकी उपप्रमुख सृजना बुर्लाकोटी अर्यालले मानिसलाई शारिरीक र मानसीक रुपमा तन्दुरुस्त राख्नको लागि योगको महत्वपूर्ण भूमिका रहने बताँउदै योगको महत्वलाई अझै बढाउन तारकेश्वर नगरपालिकाले प्राथमीकतामा राखेर बजेट बिनियोजन गरेको बताउनुभयो ।
मन र शरिरलाई जोडने साधनाको रुपमा योगनै महत्वपुर्ण माध्यम रहेको बताँउदै उपप्रमुख बुर्लाकोटीले योग साधनामा लाग्ने मानिस निष्ठावान र सरल हुने बताउनुभयो ।
कार्यक्रममा पतञ्जली योग समिति तारकेश्वरका अध्यक्ष चन्द्र सापकोटाले दिव्य बनभोज कार्यक्रममा तारकेश्वर नगरपालिका भित्रका सम्पुर्ण योग समितिका करिब ८ सयको उपस्थीति रहेको बताउनुभयो । कार्यक्रममा बिभिन्न मनोरञ्जनात्मक कार्यक्रमका साथै १५ भन्दा बढी यौगीक कर्मका प्रस्तुती गरिएको जानकारी दिनुभयो ।

May be an image of one or more people and crowd

May be an image of one or more people, people smiling and tree

May be an image of one or more people

May be an image of one or more people and text

May be an image of smiling and tree

fgdfg

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्