मनमैजु लोकतान्त्रीक चोक नजिकै आज विहानै एक पुरुष मृत भेटीए

Sagarmatha Post
Sagarmatha Post ६ पुष २०८२, आईतवार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिका वडा नं १० मनमैजु लोकतान्त्रीक चोकमा एक पुरुष मृत भेटीएका छन् ।
मृतक पुरुष मकवानपुर जिल्ला गढी गाउँपालिका वडा नं ५ घर भई तारकेश्वर ११ मा बस्दै आएका बर्ष ४८ का कृष्ण प्रसाद अधिकारी रहेको प्रहरीले बताएको छ । लोकतान्त्रीक चोक स्थीत एक होटलको ग्रहक बस्ने कुर्सीमा अधिकारी मृत भेटीएका हुन् । प्रहरी बृत्त बालाजुको टोलीले केहि बेर अघि घटना स्थलको मुचुल्का तयार पारेर शव पोष्टमाटमका लागि त्रिविवि शिक्षण अस्पताल माहाराजगञ्ज पठाएको छ । अधिकारीका परिवारका सदस्य प्रहरीको सम्पर्कमा आएका छन् । प्रहरीका अनुसार अधिकारीको शरिरमा कुनै चोटपटक नभएकाले अत्याधीक मादक पदार्थका कारण ज्यान गएको हुन सक्ने प्रारम्भीक अनुमान गरिएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्