अस्पतालको पाँचौं तलाबाट खसेर चिकित्सकको मृत्यु

Sagarmatha Post
Sagarmatha Post ६ पुष २०८२, आईतवार
1 Min Read
Aa

विराटनगरस्थित नोबेल मेडिकल कलेजका एक जना इन्टर्न चिकित्सकको अस्पतालकै भवनबाट खसेर ज्यान गएको छ। नोबेल मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर गम्भीर घाइते भएका इन्टर्न डाक्टर अमित यादवको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आइतबार बिहान करिब ६ः३० बजे यादव पाँचौँ तलाबाट खसेका थिए। घाइते  ३४ वर्षीय यादव गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको थियो।

सप्तरीको राजविराज नगरपालिका–९, जगदरी निवासी यादवको टाउकोमा गम्भीर चोट लागेको नोबेल अस्पतालका प्रशासक दिपेश राईले जानकारी दिए। उनी नोबेल मेडिकल कलेजमै एमबीबीएस इन्टर्न डाक्टरका रूपमा कार्यरत थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्