रबिन थपलिया । काठमाण्डौं । तारकेश्वर नगरपालिकाको आयोजनामा हालै सम्पन्न चौथो मेयर रनिङ शिल्ड प्रतियोगितामा एन्जल्स हार्ट एजुकेशन फाउण्डेसनद्धारा सञ्चालीत दुई वटा विद्यालयबाट पदक जित्ने खेलाडीहरुलाई नगद सहित सम्मान गरिएको छ ।
एन्जल्स स्पोर्ट एकेडेमीमा आज आयोजीत विशेष कार्यक्रमका बिच एन्जल्स हार्ट सेकेन्डरी स्कुल तारकेश्वर १० र एन्जल्स हार्ट नेश्नल स्कुल तारकेश्वर ९ बाट खेलकुदमा सहभागी भएर पदक जितेका खेलाडीहरुलाई सम्मान गरिएको हो । काठमाण्डौं जिल्ला प्याव्सनका अध्यक्ष नवराज भट्टको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा एन्जल्स हार्ट फाउण्डेसनका अध्यक्ष लिल बहादुर पुन, एन्जल्स हार्ट सेकेन्डरी स्कुलका प्रधानाध्यापक एवं काठमाण्डौं जिल्ला प्याव्सनका उपाध्यक्ष धन बहादुर पुन, एन्जल्स हार्ट नेश्नल स्कुलका प्रिन्सीपल टक बहादुर थापा, विद्यालयका सञ्चालक यम बहादुर छन्त्याल लगायको उपस्थीति रहेको थियो ।
तारकेश्वर नगरपालिकाको आयोजनामा मंसिर १३ गते देखि २० गते सम्म चौथो मेयर रनिङ शिल्ड प्रतियोगितामा एन्जल्स हार्ट सेकेन्डरी स्कुल तारकेश्वर १० ले ४ स्वर्ण, ३ रजत र २ कास्य पदक सहित सान्त्वना जित हाँसील गरेको थियो भने एन्जल्स हार्ट नेश्नल स्कुल तारकेश्वर ९ ले २ कास्य पदक जित्न सफल भएको थियो ।
कार्यक्रममा काठमाण्डौं जिल्ला प्याव्सनका अध्यक्ष नवराज भट्टले एन्जल्स हार्ट स्कुलले शैक्षिक साथै खेलकुदका विकासमा समेत उल्लेख्य योग्दान दिएको बताँउदै मेयर रनिङ शिल्ड प्रतियोगितामा पदक बिजेता खेलाडीहरुलाई बधाई र सुभकामना व्यक्त गर्नुभयो ।
फाउण्डेसनका अध्यक्ष लिल बहादुर पुनले पदक बिजेता खेलाडीहरुलाई बधाई र सुभकामना व्यक्त गर्नुभयो ।
एन्जल्स हार्ट सेकेन्डरीका सहायक प्रधानाध्यापक दिल बहादुर छन्त्यालले सञ्चालन गर्नुभएको कार्यक्रममा एन्जल्स स्पोर्टस एकेडेमीका अध्यक्ष खिम बहादुर थापा लगायतको उपस्थीति रहेको थियो ।





cc


प्रतिक्रिया दिनुहोस्