नेपाली काँग्रेसका महामन्त्री गगन थापाले महाधिवेशन समयमा हुन नदिने क्रियाकलाप भएको बताएका छन् ।सोमबार काँग्रेस कार्यकर्तासँगको छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अहिले क्रियाशील सदस्यता समयमा नबुझाउने र ढिलो गर्ने काम भइरहेको महसुस आफुले गरेको बताएका छन् ।
थापाले महाधिवेशन समयमा गर्न अलमल गरेमा देशभरबाट काँग्रेस कार्यकर्ता जम्मा भएर विशेष महाधिवेशनमा जाने चेतावनी दिएका छन् । उनले महाधिवेशनको विकल्प नभएको भन्दै महाधिवेशन नेतृत्व परिवर्तन गर्ने मात्र नभएर पार्टीलाई बदल्ने विषय पनि भएको बताएका छन् ।महामन्त्री थापाले महाधिवेशन बिना काँग्रेस निर्वाचनमा नजाने स्पष्ट गर्दै नियमति महाधिवेशन हुन नसके विशेष महाधिवेशन गरेर मात्र निर्वाचनमा जाने स्पष्ट गरेका छन् । महामन्त्री थापाले अर्को प्रसंगमा फागुन २१ को निर्वाचनको विकल्प नभएको भन्दै जिते पनि हारे पनि निर्वाचनमा जानुपर्ने बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्