मन्त्रिपरिषद् विस्तारको तयारीमा प्रधानमन्त्री

Sagarmatha Post
Sagarmatha Post ११ पुष २०८२, शुक्रबार
1 Min Read
Aa
राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै प्रम कार्की काठमाडौँ, ९ असोजः अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीद्वारा बिहीबार सिंहदरबारमा पहिलोपटक राष्ट्रको नाममा सम्बोधन गर्नुहुँदै । तस्बिरः प्रदीपराज वन्त÷रासस

काठमाडौं,  प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । प्रधानमन्त्री कार्कीले नेपाली सेनाका पूर्व रथी बबालानन्द शर्मालाई परराष्ट्रमन्त्री नियुक्त गर्न लागेको बताइएको छ । माओवादी लडाकु समायोजन समितिमा रहेर र कोभिड संकटको बेला सीसीएमसीमा समेत काम गरिसकेका शर्मालाई प्रधानमन्त्री कार्कीले परराष्ट्रमन्त्री बनाउन लागेकी हुन् । शर्मालाई आज दिउँसो २ बजे मन्त्री पदको शपथ खुवाइने कार्यक्रम रहेको बताइएको छ । शर्माको नियुक्तिसँगै प्रधानमन्त्रीको मन्त्रिपरिषद्‌ १५ सदस्यीय बन्ने भएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्