रबिन थपलिया । काठमाण्डौं । एसोसिएसन अफ प्री–स्कुल एजुकेटर्स नेपाल (अपेन) तारकेश्वर नगर कमिटीको तेस्रो नगर अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । तारकेश्वर नगरपालिका वडा नं ११ स्थीत दियालो फुडल्याण्डमा अपेन केन्द्रका अध्यक्ष बद्री प्रसाद दाहालको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
अपेन तारकेश्वरको तेश्रो अधिवेशनले आगमी दुई बर्षका लागि रेखा शाही हमाल(एन्जल्स किड्स मन्टेश्वरी) को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । कार्यसमिति उपाध्यक्षमा सोफि लामिछाने (दिव्य श्री पाठशाला), सचिबमा रबिना भट्ट (एटलन्टा मन्टेश्वरी स्कुल),सह–सचिबमा निर्मला सिलवाल (वातसल्य किन्डरवल्ड), कोषाध्यक्षमा शिखा खड्का (समर एन्जल्स ), सदस्यहरुमा बिष्णु शेर्मा (बालापन), रसिदा मिया (चेरी किड्स), रोशनी श्रेष्ठ (मेगा किड्स), मुनम गौतम (अल्फाबेट मन्टेश्वरी), भावना श्रेष्ठ (सगुन प्रि स्कुल) र जसु थापा (प्रोमिनेम किड्स) सर्व सम्मत चयन हुनुभएको छ ।
अधिवेशनको उदघाटन गदै अपेनका केन्द्रीय अध्यक्ष बद्री प्रसाद दाहालले संस्थागत एकता र शिक्षकहरूको क्षमता अभिवृद्धिमा अपेन नगर कमिटीले देखाएको सक्रियता अनुकरणीय रहेको बताँउदै अधिवेशनको सफलताको कामना गर्नुभयो ।
अपेन केन्द्रीय महासचिब कृष्ण कुमार बोहरा, प्याव्सन काठमाण्डौं जिल्ला उपाध्यक्ष धन बहादुर पुन, तारकेश्वर प्याव्सनका अध्यक्ष गोपाल बुढाथोकी र तारकेश्वर एन प्याव्सनका अध्यक्ष गोविन्द भट्टले शैक्षिक मुद्धामा सबैसंगठनहरु एकै ठाँउमा रहेको बताँउदै अपेनको तेश्रो नगर अधिवेशनको सफलताको कामना गर्नुभएको थियो ।
अपेन तारकेश्वरकी अध्यक्ष रेखा शाही हमालको सभापतित्वमा सम्पन्न उदघाटन कार्यक्रममा अपेनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष रिता मिलिल्सिना, उपाध्यक्ष राज्य लक्ष्मी बैदार लगायतको उपस्थीति रहेको थियो । अपेन तारकेश्वरकी सचिब रबिना भट्टले सञ्चालन गर्नुभएको कार्यक्रममा अपेन तारकेश्वकी उपाध्यक्ष सोफि लामिछानेले कार्यक्रममा स्वागत मन्तव्य राख्नुभएको थियो ।










fgfg


प्रतिक्रिया दिनुहोस्