रबिन थपलिया । काठमाण्डौं । काठमाण्डौं । तारकेश्वर नगरपलिकाको नगर स्वास्थ्य शाखाको आयोजना मनमैजुमा नगर प्रमुख सङ्ग जेष्ठ नागरिक दिर्घायु कार्यक्रम अन्तरगत चस्मा जांच सहितको मोतिबिन्दु छ्नौट निशुल्क आँखा शिबिर सम्पन्न भएको छ ।
तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सामुदायिक आँखा केन्द्र तारकेश्वर ५ संगको सहकार्य र द फ्रिड होलोज फाउण्डेसन, माउन्टेन्स पिपुल्स र जोय फाउण्डेसन नेपाल संगको समन्वयमा आयोजना गरिएको शिविरमा चेकजाँचको क्रममा ३६ जनामा मोतिबिन्दु भेटिएको तारकेश्वर नगरपालिकाको नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरिक्षक गणेश कुंवरले जानकारी दिनुभयो ।
तारकेश्वर नगरपालिका वडा नं ९ स्थीत शहरी स्वास्थ्य केन्द्रको प्राङगण मनमैजु मन्दीरमा आयोजना गरिएको कार्यक्रममा २१० जना सेवाग्राहीहरुले सेवा लिएकोमा १३२ जनालाई निशुल्क चस्मा समेत बितरण गरिएको तारकेश्वर नगरपालिकाको नगर स्वास्थ्य शाखाका भरत पाण्डेले जानकारी दिए ।
तिलगंगा आँखा प्रतिष्ठान, तिलगंगा सामुदायिक आँखा केन्द्र तारकेश्वर ५, गोलढुंगाका प्रमुख शक्तिओम मकाजुले शिविरबाट मोतिबिन्दु भेटिएका जेष्ठ नागरिकलाई नगरपालिकासंगको सहकार्यमा आगामी माघमा गोलढुंगामा निशुल्क मोतिबिन्दुको अप्रेसन गरिने बताउनुभयो ।
तारकेश्वर नगरपालिका वडा नं ९ का वडा सदस्य श्याम कृष्ण महर्जनले शिबिरबाट वडाबासी नागरिकले घरदैलोमानै सेवा पाएको बताउनुभयो ।






fdgdfg


प्रतिक्रिया दिनुहोस्