चुनाव नजिकिदै गर्दा काँग्रेस प्रति युवाहरुको आर्कषण बढदै, टोखामा एक दर्जन युवाहरु सामुहिक रुपमा काँग्रेस प्रवेश गरे

Sagarmatha Post
Sagarmatha Post १४ पुष २०८२, सोमबार
1 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । काठमाण्डौं । प्रतिनिधिसभाको निर्वाचनको दिन नजिकिंदै गर्दा नेपालको सवै भन्दा पुरानो दल नेपाली काँग्रेस प्रति युवाहरुको आर्कषण बढदै गएको छ । नेपालमा भएका ठुला ठुला राजनैतिक परिवर्तनको नेतृत्व गरेको काँग्रेस जेनजी आन्दोलन पछि संगठन विस्तार र महाधिवेशनको तयारी गरिरहंदा युवाहरु काँग्रेस तर्फ आर्कर्षित बनिरहेका छन् ।
त्यसै क्रममा काठमाण्डौंको टोखा नगरपालिका वडा नं ८ मा आज एक दर्जन बढी युवाहरु बिभिन्न पार्टीहरु परित्याग गरेर नेपाली काँग्रेस प्रवेश गरेका छन् ।
यसरी काँग्रेस प्रवेश गर्नेहरुमा पुष्प खत्री,जयराम रिमाल,बिनोद के सी, सरोज गिरी, कृष्ण गिरी, अमित अधिकारी, नविन बानियाँ, सिराज के सी, बिदुर रिमाल,छिरिङ शेर्पा र ओम धमला रहेका छन् ।
पार्टी प्रवशे गरेका युवाहरुलाई नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं क्षेत्र नं ६ का सभापति श्यामकृष्ण खड्गी, प्रदेश कार्यसमिति क का सभापति ख्याम तिवारी र ख का सभापति बिष्णु भक्त तिमिल्सीनाले खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।
नेपाली काँग्रेस टोखा नगरपालिका वडा नं ८ का वडा सभापति उत्तम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति काठमाण्डौं क्षेत्र नं ६ का सचिब उत्तम अधिकारी, काँग्रेस नेतृ निसा पाण्डे लगायतको उपस्थीति रहेको थियो ।

May be an image of one or more people and text

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्