सुनसरीको लौकहीमा गोली लागि एक जना स्थानीयको मृत्यु , राजमार्ग अवरुद्ध गर्दै स्थानीयको प्रदर्शन

Sagarmatha Post
Sagarmatha Post १७ पुष २०८२, बिहीबार
1 Min Read
Aa

सुनसरी, सुनसरीको लौकहीमा सशस्त्र प्रहरीले चलाएको गोली लागि एक जना स्थानीयको मृत्यु भएको छ । सशस्त्र प्रहरीका अनुसार भारत तर्फबाट भन्सार छलेका सामान बोकी आउँदै गरेको अटो रिक्सा रिक्सा रोक्न खोज्दा फायर गर्दै भागेपछि सशस्त्र प्रहरीले २ राउन्ड जवाफी फायर गरेको थियो । सो क्रममा पछाडिबाट सामान बोकी आउँदै गरेको सिटी सफारीमा रहेका व्यक्तिलाई लागेको बताइएको छ । गोली लागेर स्थानीय विजय शाहको निधन भएको छ । घटनापछि आक्रोशित स्थानीयले विरोध जनाउँदै आन्दोलनमा उत्रिएपछि शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले वार्ताको माध्यमबाट समस्या समाधानका लागि पहल थालेको बताएको छ ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्