काठमाडौँ । नेपाल सरकारले कतारले आफ्नो राष्ट्रिय दिवस र अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा १३ नेपाली कैदीहरूलाई आममाफी दिएको प्रति आभार व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालयले कतार सरकारप्रति आभार व्यक्त गरेको हो । नेपाल र कतार राज्यबीचको विद्यमान द्विपक्षीय सम्बन्धमा गहिरो मित्रता र सौहार्दताको अभिव्यक्तिको रूपमा मानवीय आधारमा प्रदान गरिएको माफीको मन्त्रालयले उच्च मूल्याङ्कन गरेको उल्लेख गरेको छ ।
कतारी अमिरले जेलमा रहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएका छन्। कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसर पारेर उनीहरूलाई आममाफी दिइएको हो। नेपाल सरकारले कतारको यस मानवीय कदमप्रति कृतज्ञता व्यक्त गरेको छ। परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै यस आममाफीलाई नेपाल र कतारबीचको गहिरिँदै गएको मित्रता र सौहार्दपूर्ण सम्बन्धको प्रतीकका रूपमा मूल्यांकन गरेको छ। मन्त्रालयले यस्ता कदमले दुई देशबीचको आपसी विश्वास र सहकार्यलाई थप मजबुत बनाउने विश्वास समेत व्यक्त गरेको छ। कतारले आममाफी पाएका व्यक्तिहरूको कैद अवधि र जरिवानाको विस्तृत विवरण भने खुलाएको छैन।


प्रतिक्रिया दिनुहोस्