कालिकादेवी माध्यमिक विद्यालय र समुन्द्रा माध्यमिक विद्यालयको आयोजनामा सञ्चालन गरिएको ६ दिने स्काउट आधारभूत तालिम सम्पन्न भएको छ। ६१९औँ बि.टि.सि. (Basic Leader Training) तथा ४५७औँ पि.टि.सि. (Preliminary Training Course) अन्तर्गतको उक्त तालिम शिवपुरी गाउँपालिका–६, नुवाकोट स्थित कालिकादेवी माध्यमिक विद्यालयमा पुष ०९ गतेदेखि १४ गतेसम्म सञ्चालन गरिएको थियो।
तालिम शिवपुरी गाउँपालिका, शिवपुरी गाउँपालिका–६ को वडा कार्यालय, कालिकादेवी माध्यमिक विद्यालय तथा समुन्द्रा माध्यमिक विद्यालयको आर्थिक तथा व्यवस्थापकीय सहयोगमा सञ्चालन गरिएको थियो। तालिममा शिवपुरी गाउँपालिकासहित नुवाकोट तथा काठमाडौंका विभिन्न विद्यालयका शिक्षकहरू प्रशिक्षार्थीका रूपमा सहभागि भएका थियो।
तालिमका क्रममा स्काउट आन्दोलनको उद्देश्य र सिद्धान्त, अनुशासन, नेतृत्व विकास, टोली भावना, व्यवहारिक जीवनोपयोगी सीप तथा सामाजिक सेवामा स्काउटको भूमिकासम्बन्धी सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षण प्रदान गरिएको थियो।
तालिममा स्काउटको पद्धति अनुसार प्रशिक्षार्थीहरूलाई शारीरिक र मानसिक रूपमा सबल बनाउन विभिन्न क्रियाकलाप गराइएको थियो जसमध्य सहभागीहरूलाई पदयात्रा (हाइकिङ) मा लगिएको थियो। यसले प्रशिक्षार्थीहरूमा धैर्यता र पदयात्राका क्रममा आइपर्ने चुनौतीहरूको सामना गर्ने क्षमता विकास गर्न मद्दत पुर्याएको छ। रातको समयमा आयोजित क्याम्प फायरमा सहभागीहरूले आफ्ना सांस्कृतिक प्रतिभा र कला प्रदर्शन गरेका थिए। यसले टोली भावना र मनोरञ्जनका साथै स्काउटको परम्परालाई नजिकबाट बुझ्ने अवसर प्रदान गर्यो। तालिममा गाँठो पार्ने (Knots), प्राथमिक उपचार (First Aid), र नक्सा अध्ययन जस्ता महत्वपूर्ण स्काउटिङ सीपहरू सिकाइएको थियो।

कोर्स लिडरहरू दामोदर बस्नेत (BTC) र जमुना शर्मा (PTC) को नेतृत्वमा रहेको प्रशिक्षक टिममा प्रमोद सिग्देल, Assistant Course Leader रामप्रसाद पाण्डे, Counselor हरू दिपेश थापा, उद्दव फुयाँल र मुकुन्द बस्नेत लगायतका प्रशिक्षक टोलीले स्काउट आन्दोलनको इतिहास, नियम, प्रतिज्ञा र सिद्धान्तबारे सैद्धान्तिक ज्ञान दिएका थिए। तालिममा नेतृत्व विकास, सामाजिक सेवामा स्काउटको भूमिका लगायत विषयमा विशेष प्रशिक्षण दिइएको थियो।
- सोमबार नेपाल स्काउट बागमती प्रदेश अन्तर्गत स्थानीय स्काउट कार्यालय शिवपुरीद्वारा कालिकादेवी माध्यमिक विद्यालयमा आयोजित समापन समारोह शिवपुरी गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा
- शिवपुरी
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बद्रिनाथ लम्साल, वडा वडा ६ का अध्यक्ष विष्णु श्रेष्ठ तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति रहेको थियो। 
समापन समारोहमा तालिममा सहभागी शिक्षक तथा स्काउट मास्टरहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो।
यस तालिमले विद्यालय तहमा स्काउट कार्यक्रमलाई अझ प्रभावकारी बनाउने, विद्यार्थीहरूमा सेवा भावना, अनुशासन, नेतृत्व क्षमता र समुदायप्रतिको जिम्मेवारीबोध गर्ने अपेक्षा गरिएको छ। सहभागी प्रशिक्षार्थीहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई आ–आफ्नो विद्यालय तथा समुदायमा व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्