काठमाण्डौं जिल्ला प्याब्सनले पुस २४ गते भव्यताका साथ ३५ औं प्याव्सन दिवस मनाउने, प्याब्सनले गदैछ ७ जनालाई नगद सहित सम्मान

Sagarmatha Post
Sagarmatha Post १८ पुष २०८२, शुक्रबार
5 Min Read
Aa

रबिन थपलिया । काठमाण्डौं । काठमाण्डौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, प्याव्सन जिल्ला कार्यसमिति काठमाण्डौंले प्याब्सनको ३५ औं स्थापना दिवस भव्यताका साथ मनाउने भएको छ ।
काठमाण्डौं जिल्ला प्याव्सनले आज पत्रकार सम्मेलनको आयोजना गदै एउटा महत्वपूर्ण शैक्षिक इतिहास बोकेको प्याब्सन स्थापनाको ३५ औँ वार्षिकोत्सवको अवसरमा यही पौष २४ गते काठमाडौँको केन्द्रमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा विविध साँस्कृतिक प्रस्तुती तथा विभिन्न क्षेत्रमा ख्याती प्राप्त व्यक्तित्वहरूलाई सम्मान सहित प्याब्सन दिवस २०८२ मनाउन लागेको जानकारी दिएको छ ।
कार्यक्रममा बोल्दै काठमाण्डौं जिल्ला प्याव्सनका अध्यक्ष नवराज भट्टले प्याव्सन केन्द्रको स्थापना भन्दा पहिला काठमाण्डौं प्याब्सन स्थापना भएकाले प्याब्सन दिवस काठमाण्डौंले नै मनाउनु पाउनुपर्ने दावी सहित पहिलो पटक स्थापना दिवस मनाउन लागिएको बताउनुभयो ।

May be an image of one or more people and text that says 'Date: Poush Date:Poush18.2082 18. 2082 Venue: PABSON Venue:PABSONK P. Kat 香告る 販'
अध्यक्ष भट्टले कार्यक्रमको आयोजक काठमाण्डौं जिल्ला प्याब्सन भएपनि यसको सम्पुर्ण स्वामित्व प्याब्सन केन्द्र, प्रदेश, नगर प्याव्सन सहित सम्पुर्ण देशबासीको रहने बताउनुभयो ।
गुणस्तरीय शिक्षाको मुल सम्बाहक प्याब्सन रहेको र प्याब्सनबाट शिक्षामा ठुलो क्रान्ति भएको दावी गदै अध्यक्ष भट्टले प्याब्सन दिवसको अवसरमा देश र समाजलाई जानकारी गराउने उदेश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

May be an image of one or more people, dais and text that says 'e: Poush 18. 2082 Venue: ue:PABSONKa PABSON Kathm'
पत्रकार सम्मेलनमा प्याब्सन दिवस २०८२ का संयोजक, काठमाण्डौं जिल्ला प्याब्सनका उपाध्यक्ष एवं तालिम बिभाग संयोजक सूर्य बहादुर केसीले पुर्खाहरुको इतिहाँस, पुर्खाहरुको योग्दान र बिरासतलाई सम्झंदै त्यही धरातल र त्यही एतिहाँसीक क्षणमा उभिएर पहिलो पटक अत्यन्त भव्यताका साथ कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो ।
उहाँले सबैलाई समेटेर, सबैको सहभागीतामुलक र सबै पक्षहरुको सहभागीता होस भनेर विशिष्ट व्यक्तित्व र राजनैतिक दलका शिक्षा हेर्ने नेता समेतको उपस्थीतिमा कार्यक्रम आयोजना हुने बताउनुभयो ।
कार्यक्रमको प्रमुख अतिथिको रुपमा पुर्व प्रधानमन्त्री पुस्पकमल दाहालको उपस्थीति रहने बताँउदै संयोजक केसीले उहाँको उपस्थीतिले कार्यक्रमको ओझ अझ बढने बताउनुभयो ।
कार्यक्रममा प्याब्सनका बहसहरु, शिक्षा सम्बन्धी बहस र छलफल एवं कानुनी बिषयहरुको बारेमा पनि गम्भीर छलफल हुने संयोजक केसीले बताउनुभयो ।

May be an image of one or more people, dais and text that says '父非年 NEPAL NEPAL NEPAL .ー NE NEP NEPAL'
कार्यक्रममा काठमाण्डौं प्याब्सनका उपाध्यक्ष एवं सुचना विभाग संयोजक आर.वि अधिकारीले राज्यको दायित्व भित्र रहने समाजका बिभिन्न क्षेत्रमा रहेर महत्वपुर्ण योग्दान दिएका ७ जना व्यक्तिहरुलाई नगद सहित प्याब्सनले सम्मान गर्न लागिएको बताँउदै कार्यक्रमका बारेमा समाजमा सकारात्मक सन्देश प्रवाह गरिदिन आग्रह गर्नुभयो ।

May be an image of one or more people and dais
पत्रकार सम्मेलनमा काठमाण्डौं जिल्ला प्याब्सनका सह सचिब शिव अर्यालले पत्रकार सम्मेलनमा प्रेस विज्ञप्ती बाचन गदै कार्यक्रमको सफलताको लागि सदस्य विद्यालय, नागरिक समाज, अभिभावक, सुरक्षाकर्मी र हरेक पक्षबाट सहयोगको गरेको बताँउदै उक्त २४ गतेको भव्य कार्यक्रममा सबैको गरिमामय उपस्थितिको लागि सादर निमान्त्रणा समेत गर्नुभयो ।
काठमाण्डौं जिल्ला प्याव्सनका सचिब कृष्ण भण्डारीले सञ्चालन गर्नुभएको कार्यक्रममा बुढानिलकण्ठ प्याव्सनका अध्यक्ष रोध श्याम श्रेष्ठ सहित प्यासनका पदाधिकारीहरुको उपस्थीति रहेको थियो ।
पुस २४ गते प्याव्सन दिवसको कार्यक्रममा प्याब्सन काठमाडौं जिल्ला अन्तर्गतका पालिकाहरूको विद्यालयहरूले तयार पारेको विभिन्न साँस्कृतिक झाँकी तथा नृत्य प्रस्तुत गरिनेछ भने प्याब्सन सदस्य विद्यालयका प्रिन्सिपलहरू तथा सञ्चालकहरूको उपस्थितिमा नेपालका विभिन्न क्षेत्रमा ख्याती कमाएका व्यक्तित्वहरू खेलकुद क्षेत्र, कला तथा संस्कृतिको क्षेत्र, निजी शिक्षाको क्षेत्र, समाजसेवाको क्षेत्र आदिलाई उहाँहरूको योगदानको कदर गर्र्दै थप हौसला प्रदान गर्न नगद सहित सम्मान गरिने जानकारी दिईयो ।
प्याब्सनले क कस्लाई सम्मान गदै छ ?
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल, प्याव्सन जिल्ला कार्यसमिति काठमाण्डौंले प्याब्सनको ३५ औं स्थापना दिवसको अवसरमा गर्न लागेको भव्य कार्यक्रममा बिभिन्न ७ जना व्यक्तित्वहरुलाई जनही नगद सहित सम्मान गर्ने भएको छ । जस अनुसार महिला भलिबल खेलको राष्ट्रिय खेलाडी उत्पादन गर्ने कारखानाको रुपमा चिनिएको न्यु डायमण्ड स्कुल र सो विद्यालयका सञ्चालक कुमार राई, कक्षा १२ सम्म निजि स्कुलमा अध्ययन गरेर एमविविएसमा सर्बोत्कृष्ट अंक ल्याउने अस्थीत्व ओझा, इञ्जीनियरीङ बिषयमा सर्बोत्कृष्ट अंक ल्याउने आयुस पराजुली, आर्थिक अवस्था कम्जोर भएर पनि छात्रबृत्तिमा एमबिबिएसमा उत्रिण हुन सफल सत्यनारायण सोफी र पवन देव माझि सबैलाई जनही रु ५० हजारका दरले सम्मान गरिदै छ । त्यस्तै हेर्ने कथाबाट परिचित भएका दाङका चन्द्रबिर ओलीलाई नगद रु ५० हजार सहित सम्मान गरिंदै छ । ओलीको आर्थिक अवस्था निकै कम्जोर रहेकाले दाङबाट आउने जाने भाडा समेत प्याब्सन काठमाण्डौंले उपलव्ध गराउने गरि कार्यक्रममा निमन्त्रणा गरिएको पत्रकार सम्मेलनमा जानकारी दिईयो ।
त्यस्तै यस बर्षको प्याव्सनीष्टको रुपमा काठमाण्डौं जिल्लाका संस्थापक अध्यक्ष बसन्त श्रेष्ठलाई समेत नगद रु ५० हजार सहित सम्मान गर्न लागिएको प्याव्सन काठमाण्डौंका अध्यक्ष नवराज भट्टले बताउनुभयो ।

May be an image of one or more people, dais and text

May be an image of one or more people and text

May be an image of text that says 'mO3eиHo o 内A象多O料 PRIVATE AND BOARDING SCHOOLS' ORGANIZATION NEPAL (PABSON) DISTRICT EXECUTIVE COMMITTEE. KATHMANDU Regd No. 203 2047 2048 35th PABSON DAY PRESS MEET Date: Poush1 Date:Poush18.2082 18. 2082 Venue: PABSON Venue:PABSONKathmandu Kathmandu'

c

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्