मादुरोलाई न्यूयोर्क लगिने, कब्जामा लिन डेल्टा फोर्सले गरेको थियो अप्रेशन

Sagarmatha Post
Sagarmatha Post २० पुष २०८२, आईतवार
1 Min Read
Aa

काठमाडौँ। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमतीलाई न्यूयोर्क लैजाने बताइएको छ । अमेरिकी मिडिया सीएनएनका अनुसार मादुरोलाई उनको निवासबाटै आफ्नो कब्जामा लिएको अमेरिकी डेल्टा फोर्सले उनलाई न्यूयोर्क लगेर म्यानहट्टन संघीय अदालतमा पेश गर्ने बताइएको छ ।यसअघि एलिट डेल्टा फोर्सले मादुरो र उनकी श्रीमतीलाई उनीहरूको बेडरुमबाट लगिएको थियो । अमेरिकी सेनाले छापा मार्ने क्रममा उनीहरूको बेडरुमबाट घिसारेर लगेको मिडिया रिपोर्टमा उल्लेख छ ।

अमेरिकी कानून प्रवर्तन अधिकारीहरूका अनुसार अमेरिकी औषधि प्रवर्तन प्रशासनले भेनेजुएलामा मादुरो र केही शीर्ष सैन्य नेताहरूमाथि अभियोग लगाउन वर्षौंदेखि काम गरिरहेको छ । त्यो काम सार्वजनिक गरिने आरोपहरूको आधार बन्ने अपेक्षा गरिएको छ । अमेरिकी महान्यायाधिवक्ता पाम बोन्डीले भेनेजुएलामा पक्राउ परेपछि मादुरोले अमेरिकी अदालतहरूमा अमेरिकी भूमिमा चाँडै अमेरिकी न्यायको पूर्ण क्रोधको सामना गर्ने बताएका थिए ।

Sagarmatha Post

प्रतिक्रिया दिनुहोस्